आइतबार, माघ ४, २०८२

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं- पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ। 

National life

बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमा पुगेको छ। यसअघि नेपाली टोलीको वरीयता १६८‍औँ रहेको थियो। 

दक्षिण एसियाको वरीयतामा आठौँ पटक साफ च्याम्पियन भारत १०३औँ स्थानसहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको माल्दिभ्सको १५६औँ स्थानमा छ। नेपाल तेस्रो स्थानमा रहँदा भुटान १८६औँसहित चौथो स्थानमा छ। 

यस्तै, १८७औँ स्थानसहित बंगलादेश दक्षिण एसियामा पाँचौँ स्थानमा रहँदा फिफा प्रतिबन्धमा रहेको पाकिस्तान १९७औँ स्थानमा छ। साफमा सुधारिएको देखिएको श्रीलंका २०४औँ स्थानमा छ। 

फिफाको नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम छ। यस्तै, ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौँमा इंग्ल्यान्ड रहेका छन्। 

Laxmi sunrise bank
kumari

यता, कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना छैटौँ स्थानमा रहँदा स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र डेनमार्क दशौँ स्थानमा छन्। -न्युज कारखाना

प्रकाशित: Oct 21, 2021| 18:32 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।