काठमाडौं– बागमती प्रदेशसभाको बैठक एक सातालाई स्थगित भएको छ। आज (बिहीबार) मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्ने कार्यसूची थियो। तर, मतदान प्रक्रियामै नगई बैठक कात्तिक १० गतेसम्मलाई स्थगित भएको छ।
मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन्।