शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • राजेन्द्र पाण्डे सात महिनामात्रै मुख्यमन्त्री हुने, कांग्रेससँग आलोपालो गर्ने सहमति

राजेन्द्र पाण्डे सात महिनामात्रै मुख्यमन्त्री हुने, कांग्रेससँग आलोपालो गर्ने सहमति

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे ७ महिना मात्रै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे ७ महिना मात्रै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्। बिहीबार गठबन्धनको बैठकमा कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै उनी ७ महिना मात्रै मुख्यमन्त्री हुने निश्चित भएको हो।

National life

अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको बर्हिगमनपछि समाजवादी र कांग्रेसले आलोपालो सत्ताको नेतृत्व गर्ने लिखित सहमति गरेका हुन्। प्रदेशसभाको निर्वाचन हुन अब करिब १४ महिना बाँकी छ । 

त्यसमध्ये ७ महिना एकीकृत समाजवादी र ७ महिना कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको हो। पहिलो कार्यकालको नेतृत्व एकीकृत समाजवादीका तर्फबाट पाण्डेले गर्ने र दोस्रो कार्यकालको नेतृत्व कांग्रेस संसदीय दलका नेता इन्द्र बाँनियाले गर्नेछन्।

यसअघि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्ने सहमति भइसकेको दाबी गरेका थिए। कांग्रेसले आफ्नो दाबी नछोडेपछि सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको उपस्थितिमा बसेको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटाएको हो।

प्रकाशित: Oct 21, 2021| 17:20 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।