सोमबार, असार २२, २०८३

भेट्रान्स फुटबलमा विजेताले पाँच लाख पाउने

पहिलो संस्करणको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक फुटबलर्स मिसन टुगेदरले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं– पहिलो संस्करणको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक फुटबलर्स मिसन टुगेदरले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। 

प्रतियोगिता कात्तिक ६ देखि १६ सम्म दशरथ रंगशाला र आर्मी मैदान लगनखेलमा हुनेछ।  प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स क्लब र फुटबल फेलोसिप क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

लिगकप नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन्। २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन्। 

एउटा टिममा २० खेलाडी हुनेछन्। जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन्। बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समय अवधि ६० मिनेट (एक हाफ) ३० मिनेटको हुनेछ। खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ। 

प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।

प्रतियोगिता आयोजना गर्न एन्फा, ललितपुर महानगरपालिका, नागार्जुन नगरपालिका, भक्तपुर थिमी नगरपालिका र गोदावरी नगरपालिकाले सहयोग गरेका छन्। प्रतियोगिताको अनुमानित बजेट २२ लाख रुपैयाँ रहेको पत्रकार सम्मेलनमा बताइयो।

प्रकाशित: Oct 21, 2021| 16:39 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।