आइतबार, असार २८, २०८३

मुख्यमन्त्री शाक्यले पाइनन् विश्‍वासको मत, ६५ दिनमै पदमुक्त

बागमती प्रदेशको बिहीबार बसेको प्रदेश सभा बैठकमा भएको मतविभाजनमा उनले विश्‍वासको मत गुमाएकी हुन्।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्‍वासको मत गुमाएकी छन्। बागमती प्रदेशको बिहीबार बसेको प्रदेश सभा बैठकमा भएको मतविभाजनमा उनले विश्‍वासको मत गुमाएकी हुन्। 

मुख्यमन्त्री शाक्यको पक्षमा मत परेको छ भने विपक्षमा मत परेको छ। 

बागमती प्रदेशमा एमालेसँग अहिले प्रदेश सभामा जम्मा ४३ सांसद छन्। त्यस्तै नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदूर किसान पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सांसद छन्। 

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन असोज २४ गते नै प्रस्ताव पेश गरेकी थिइन्। उनले विश्वासको मत लिने प्रस्ताव पेश गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले बैठक आगामी कात्तिक ४ गते बस्‍ने गरी स्थगित गरेका थिए। 

भदौ २५ गते नेकपा एमाले विभाजनपछि भदौ २७ गते नेकपा एकीकृत समाजवादीमा आवद्ध १३ जना प्रदेशसभा सदस्यले शाक्यलाई दिएको समर्थन फिर्ता लिएका थिए। ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्य अहिले ४३ सांसदमा खुम्चिएकी थिइन्। प्रदेशमा सरकार टिकाउन ५५ सांसद चाहिन्छ। 

बागमती प्रदेशका मुख्यमन्त्री एकीकृत समाजवादीले लिने केन्द्रमा सहमती भएको र सोही अनुसार प्रक्रिया अघि बढेको नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका सचेतक मुनु सिग्देलले बताएकी छन्। 

एमाले उपाध्यक्षसमेत रहेकी शाक्य भदौ २ गते नेपालको पहिलो महिला मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन्। एमाले विभाजनका क्रममा शाक्य ओली समूहमा लागेपछि भदौ २ गते नै उनलाई बागमती प्रदेश एमाले संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी थिइन्।

मुख्यमन्त्री डोरमणि पौडेलले भदौ २ गते नै एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुबै पदबाट राजीनामा दिएका थिए। पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएक थियो।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...