काठमाडौं– बागमती प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि सारिएको छ। १ बजे डाकिएको बैठक प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएस गरेर दुई घण्टा पछि सरेको जानकारी गराएको छ।
निर्धारित १ बजेको बैठकमा एमालेका सांसदहरु आइनपुगेकाले बैठक सारिएको प्रदेशसभा सचिवालयका एक कर्मचारीले बताए। बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ।