सोमबार, असार २२, २०८३

माल्मोविरुद्ध सानदार जितसँगै चेल्सीका दुई खेलाडी घाइते

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा माल्मोविरुद्ध जित निकालेको चेल्सीका दुई महत्वपूर्ण खेलाडी घाइते भएका छन्।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा माल्मोविरुद्ध जित निकालेको चेल्सीका दुई महत्वपूर्ण खेलाडी घाइते भएका छन्।

घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा इंग्लिस क्लब चेल्सीले पाहुना टिम माल्मोविरुद्ध ४–० गोलको जित निकालेको थियो।

सो खेलसँगै चेल्सीका स्ट्राईकरद्वय रोमेलु लुकाकू र  टिमो वार्नर चोटग्रस्त भएका छन्। चेल्सीले पछिल्लो खेलमा युभेन्टसँग हार बेहोरे पनि बुधबार रातिको खेलमा जित निकाल्दै च्याम्पियन्स लिगमा पुनरागमन गरेको छ।

उसले पहिलो खेलमा जेन्टविरुद्ध १–० गोलको जित निकालेको थियो भने दोस्रो खेलमा युभेन्टससँग १–० गोलकै हार बेहोरेको थियो।

टुरिनको हारपछि बुधबारको जितका लागि चेल्सीका आन्द्रेस क्रिस्टियन्सन, जोर्गिन्हो र कई हभाटैजले गोल गरे। दुवै पटक रोमोलु लुकाकूलाई माल्मोका खेलाडीले गोलस्कोरिङको अवस्थामा डि बक्सभित्र डाएपछि चेल्सीले २१ औं मिनेटमा र ५७ औं मिनेटमा पेनाल्टी पाएको थियो।

दुवै पटक जर्गिन्होले पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका थिए। यता क्रिस्टियन्सनले खेलको नवौं मिनेटमा गोल गरे भने हभाटर्जले ४८ औं मिनेटमा गोल गरे।

७४ प्रतिसत समय बलमा नियन्त्रण बनाउँदै चेल्सीले जित निकालेको हो। यो जितसँगै ६ अंक बनाएको चेल्सी समूह एचको दोस्रो स्थानमा छ। पराजित माल्मो पुछारमा छ।

त्यस्तै, शीर्षस्थानको युभेन्टसको ९ अंक छ भने तेस्रो स्थानको जेन्टको तीन अंक छ। समूह एच अन्तर्गत बुधबार रातिकै अर्को खेलमा युभेन्टसले जेन्टविरुद्ध १–० गोलको जित निकालेको छ।

खेलका क्रममा लुकाकुको एंकलमा चोट लागेको छ भने वार्नरको ह्यामिस्ट्रिङ इन्ज्युरी भएको छ। त्यस्तै, चेल्सीका लागि १३७ खेल खेलेका क्रिस्टियन्सनले पहिलो गोल गरेका हुन्।

प्रकाशित: Oct 21, 2021| 06:40 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।