सोमबार, असार २२, २०८३

आयरल्यान्डलाई हराउँदै श्रीलंका विश्वकपको सुपर १२ मा

टी २० विश्वकपअन्तर्गत शेख जायद रंगशालामा बुधबार राति सम्पन्न खेलबाट श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं- टी २० विश्वकपअन्तर्गत शेख जायद रंगशालामा बुधबार राति सम्पन्न खेलबाट श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ।

समूह चरणका खेलबाट शीर्ष दुईमा पर्ने निश्चित भएसँगै श्रीलंका अर्को चरणमा प्रवेश पाएको हो। उसले समूह चरणका तीन खेलमध्ये दुवै खेलमा जित निकाल्दै चार अंक बनाएको छ।

अबुधाबीमा सम्पन्न खेलमा आयरल्यान्डसँग टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा १७१ रन बनाएको थियो।

१७२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको आयरल्यान्ड ९ बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १०१ रनमा समेटिएपछि श्रीलंकाले ७० रनको जित निकालेको हो।

श्रीलंकाको जितमा प्लेयर अफ दि म्यानसमेत बनेका वानिन्दू हसरंगा डि सिल्वा नायक रहे। उनले ४७ बलमा एक छक्का र १० चौकाको मद्दतबाट ७१ रन बनाए।

त्यस्तै, ओपनर पठाम निसान्कले पनि ४७ बलमा ६१ रन जोडे। कप्तान डसुन शंकाले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

बलिङतर्फ आयरल्यान्डका जोस लिटलले चार ओभरमा २३ रन खर्चिएर चार विकेट गिराए। जवाफी ब्याटिङमा एन्डी बालबिनीले ४१ र कर्टिस क्याम्पफरले २४ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। श्रीलंकाका महिश ठिकसनाले तीन विकेट लिए भने चम्मिका गुणरत्ने र लहिरु कुमाराले समान २,२ विकेट लिए।

समूह ए मा आयरल्यान्ड र नामिबियाको समान २,२ अंक छ। यता, समूह चरणबाटै बाहिरएको नेदरल्यान्डले अंक जोड्न सकेको छैन। अर्को खेलमा श्रीलंकाले नेदरल्यान्डसँग खेल्नेछ। त्यो खेलमा पनि जित निकाले उ समूह विजेता बनेर सुपर १२ मा प्रवेश गर्नेछ। सुपर १२ लाई ६–६ देशको दुई समूहमा बाँडिएको छ।

प्रकाशित: Oct 21, 2021| 06:31 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।