बिहीबार, भदौ ४, २०८३

सहरको व्यापार छोडेर कृषिमा रमाएको परिवार

बागलुङ नगरपालिका-३ श्रीनगर टोल निवासी सादगी केसी हिजोआज बागलुङ बजारको फेन्सी पसल छोडेर कृषिकर्ममा रमाउन आनन्दित छन्।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

बागलुङ- बागलुङ नगरपालिका-३ श्रीनगर टोल निवासी सादगी केसी हिजोआज बागलुङ बजारको फेन्सी पसल छोडेर कृषिकर्ममा रमाउन आनन्दित छन्। 

बजारको मुख्य चोकमा रहेको आफ्नै घरको फेन्सी पसल बन्द गरेर गाउँ छिरेकी सादगीले गाउँ नै प्यारो, गाउँ नै रमाइलो मान्न थालेकी हुन्। 

कोरियाबाट नेपाल फर्केपछि कृषिकर्म गर्ने अठोट गरेका श्रीमान् वीरेन्द्र पुनलाई साथ दिन गाउँ छिरेकी सादगीको दैनिकी घरगोठ, करेसाबारी, कुखुरा, बाख्रालाई दाना पानी, स्याहारसुसार गर्दै बित्न थालेको छ। उनका एक छोरी अष्टे«लिया र एक छोरी काठमाडौँमा जागिर गर्छन्।

वैदेशिक रोजगारीको क्रममा १३ वर्ष दक्षिण कोरियामा श्रम गरी फर्केका ५५ वर्षीय पुनले सहरको बसाइ छोडेर बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ विरौटामा कृषिकर्म गरेर बाँकी जीवन बिताउने गरी घरजग्गा किनेर कृषिकर्म थालेका हुन्। 

सन् २००३ मा दक्षिण कोरिया गएर सन् २०१६ मा नेपाल फर्केका पुनले विदेशमा रहँदा देखेको कृषिकर्मले लोभ्याएको हो। कृषि क्षेत्रमा केही नयाँ अभ्यास गरौँ भन्ने इच्छा शक्ति जागेपछि गृहजिल्ला फर्केर गतवर्ष गाउँ हानिएका थिए। बागलुङ बजार निवासी राजु खडका र पुनले संयुक्त लगानीमा विरौटा क्षेत्रमा करिब ७० रोपनी जग्गा खरिद गरेर बाख्रा पालन, खुकुरा, हाँस, भैँसी पालन सुरु गरेका छन्। 

पुनले परिवारका सदस्यलाई समेत गाउँमै बस्ने वातावरण तयार गरे। बजारको कोलाहाल, व्यापारमा अनावश्यक प्रतिस्पर्धाबाट आजित पुन गाउँमै रमाउने र जमाउने सपना बुन्दै जंगलको बीच वस्तीमा हानिएका थिए। बाँझो जमिन हराभरा पारेका छन्। 

सुरुका दिनमा छटपटी, पट्यारा लाग्दो भए पनि हिजोआज रमाइलो लाग्ने गरेको सादगीको भनाइ छ। बजारको कोलाहाल भन्दा गाउँका एकान्तले मन जितेको छ। पुनले विभिन्न सञ्चार माध्यममा कृषिकर्मबाट खुःसी र सुखी जीवन विताएको समाचार पढेर, देखेर आफ्नो मनस्थिती बदलेको बताए। 

‘अब फेरि विदेश जाने कुरा भएन’, उनले भने, ‘मनमा शान्ति मिल्ने उद्यमको खोजी गर्दै थिएँ, कृषिलाई उत्तम विकल्पको रूपमा लिएको छु।’ बाख्रा, लोकल कुखुरा, हाँस र तरकारी खेतीलाई व्यावसायिक रूपमा उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको पुनको भनाइ छ। 

हालसम्म करिव एक करोड रुपँयाँ खर्च भएको छ। सबै संरचना तयार गरी व्यावसायिक उत्पादन र बिक्री वितरणसम्मको योजना कार्यान्वयन हुँदा अधिकतम दुई करोड रुपैयाँसम्म लगानी हुने पुनको भनाइ छ। 

पुनको परिवार २०४५ सालमा पर्वतको पाङदेखि बागलुङ बजार बसाइ सरेको थियो। विरौटा क्षेत्रमा सात परिवार बसोबास गर्थे। अहिले दुई परिवार बसाइ सरेका छन्। पाँच परिवार मात्रा सो क्षेत्रमा बस्दै खाएको पुनले बताए। गाउँ छोडेर सहर पस्ने लहरमा सहर छोडेर गाउँ पस्ने पुनले गाउँलाई आम्दानीको स्रोत बनाउने योजना बुनेका छन्। -न्युज कारखाना

प्रकाशित: Oct 20, 2021| 21:00 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।