सोमबार, असार २२, २०८३

यस्तो छ भेट्रान्स फुटबल प्रतियोगिताको खेलतालिका

फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुन लागेको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं– फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुन लागेको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ।

आयोजक फुटबलर्स मिसन टुगेदरले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो। मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक ६ देखि १६ गतेसम्म आयोजना हुँदैछ। सहभागी २१ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ।

हरेक समूहका शीर्ष ७ टोलीसँगै सात समूह उपविजेतामध्ये एक उत्कृष्ट दोस्रो हुने टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछ। समूह चरणको खेल ११ कात्तिकसम्म हुनेछ। क्वार्टरफाइनलका खेल १२ गते, सेमिफाइनल १४ गते र फाइनल १६ गते हुनेछ।

मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा ४० वर्षमाथिको खेलाडी हुनुपर्नेछ। उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स र फुटबल फेलोसिपबीच प्रतिस्पर्धा हुनेछ।

समूह विभाजन

समूह ‘ए’ – नेपाल आर्मी भेट्रान्स, फुटबल फेलोसिप र फर्पिङ स्पोर्ट्स

समूह ‘बी’ – एनआरटी, भनिमन्डल भेट्रान्स र वि आर ब्रदर्स

समूह ‘सी’ – फ्रेन्ड्स क्लब, एसएनकेसी र बौद्ध भेट्रान्स

समूह ‘डी’ – खुमल भेट्रान्स, ललिपुर वडा नम्वर १४ र साइनिङ सन

समूह ‘ई’ – काभ्रे भेट्रान्स, हेटौंडा नगरपालिका र झापा एफसी

समूह ‘एफ’ – चितवन भेट्रान्स, चितवन पश्चिम र बुटवल नगरपालिका सिटी

समूह ‘जी’ – झम्सिखेल भेट्रान्स, श्री कुमारी क्लब र पोखरा भेट्रान्स

प्रकाशित: Oct 20, 2021| 06:10 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।