आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानका लागि अमेरिकी राजदूत खलिलजादले दिए राजीनामा

अफगानिस्तानका लागि अमेरिकी राजदूत खलिलजादले दिए राजीनामा

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको करिब डेढ महिनामा अफगानिस्तानका लागि अमेरिकी राजदूत जाल्मे खलिलजादले राजीनामा दिएका छन्।
 |  मंगलबार, कात्तिक २, २०७८
nespernesper

बीबीसी

बीबीसी

मंगलबार, कात्तिक २, २०७८

vianetvianet

काबुल- अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको करिब डेढ महिनामा अफगानिस्तानका लागि अमेरिकी राजदूत जाल्मे खलिलजादले राजीनामा दिएका छन्। 

तालिबानसँगको वार्ता गर्ने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका राजदूत खलिलजादले राजीनामा दिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार खलिलजादको स्थानमा उनका सहायक टोम वेस्टले पदभार सम्हाल्ने भएका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सार्वजनिक गरेको एक विज्ञप्तिमा टोम वेस्टले कतारको दोहास्थित दूतावासबाट काम गर्ने बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘म खलिलजादलाई उनले गरेको सेवाप्रति आभार व्यक्त गर्न चाहन्छु र विशेष प्रतिनिधि वेस्टलाई सोही पदमा स्वागत गर्न चाहन्छु ।’ 

रोयटर्सका अनुसार गत शुक्रबार खलिलजादले आफ्नो राजीनामा पत्र बुझाएका थिए। तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि अमेरिकाको तालिबानसँगको पहिलो आधिकारिक वार्तामा खलिलजाद सामेल थिएनन्। उक्त वार्ता अक्टोबरको सुरुमा दोहामा भएको थियो। 

National life insurance

अफगानिस्तानमा नै जन्मिएका खलिलजाद सन् २०१८ देखि राजदूत रहँदै आएका थिए। 

 

प्रकाशित: Oct 19, 2021| 13:10 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।