सोमबार, असार २२, २०८३

टी२० विश्वकप : नामिबियामाथि श्रीलंकाको जित

यूएई र ओमनमा जारी टी२० विश्वकपमा श्रीलंकाले नामिबियालाई हराएको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– यूएई र ओमनमा जारी टी२० विश्वकपमा श्रीलंकाले नामिबियालाई हराएको छ। आबुधाबी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा श्रीलंकाले नामिबियामाथि ७ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले १९ ओभर तीन बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ९६ रन बनाएको थियो। ९७ रनको लक्ष्यका साथ मैदान पसेको श्रीलंकाले १३ ओभर तीन बलमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

श्रीलंकाका लागि भानुका राजापाक्षेले अविजित ४२ र अभिशका फर्नान्डोले ३० रन बनाए। नामिबियाका जे स्मिथ, बेनार्ड स्कल्ज र रुबिन ट्रुम्पेल्मनले समान १,१ विकेट लिए।

त्यसअघि ब्याटिङमा उत्रिएको नामिबियाका क्रेइग विलियम्सले सर्वाधिक २९ रन बनाए भने कप्तान जेरहर्ड एरास्मसले २० रन बनाए। अन्य कुनै खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। बलिङतर्फ श्रीलंकाका महेश ठिकसनाले तीन विकेट गिराए भने लहिरु कुमारा र वाहिन्दु हसारङ्गा डि सिल्वाले समान २,२ विकेट लिए।

प्रकाशित: Oct 19, 2021| 06:47 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।