सोमबार, कात्तिक १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानी प्रतिबन्धले अँध्यारोतर्फ धकेलिँदै अफगान किशोरीको भविष्य

तालिबानी प्रतिबन्धले अँध्यारोतर्फ धकेलिँदै अफगान किशोरीको भविष्य

एक महिनाअघि तालिबानले छात्राहरुलाई अर्को व्यवस्था नभएसम्म विद्यालय नजान निर्देशन दिएपछि उनी थप चिन्तित छन्।
 |  मंगलबार, कात्तिक २, २०७८

बीबीसी

बीबीसी

मंगलबार, कात्तिक २, २०७८

काबुल- गत मे महिनामा अतिवादी समूह आईएसले एउटा विद्यालयमा बिस्फोट गराउँदा अफगान किशोरी अमिनाका दर्जनौं सहपाठीको मृत्यु भएको थियो। तर, पनि उनले हिम्मत हारिनन्। बरु अध्ययनलाई निरन्तरता दिने जमर्को गरिन्। 

Kumaribank

तर, अहिलेको अवस्था झन् फरक छ। एक महिनाअघि तालिबानले छात्राहरुलाई अर्को व्यवस्था नभएसम्म विद्यालय नजान निर्देशन दिएपछि उनी थप चिन्तित छन्। आफ्नो अध्ययनमै पूर्णबिराम लाग्ने हो कि भन्ने पिरले उनलाई सताइरहेको छ। ‘म विद्यालय गएर पढ्न चाहन्छु, साथीहरुसँग रमाइलो गर्न मन छ। तर, तालिबानले पढ्न रोक लगाएका छन् ’, उनी गुनासो गर्छिन।

तालिबानले सत्ता सम्हालेदेखि उनी निकै दुःखी छन्। पढेर भविष्यमा पत्रकार बन्ने उनको लक्ष्य छ , तर अफगानिस्तानमा आफ्नो भविष्य देखेकी छैनन्। 

१८ सेप्टेम्बरमा तालिबानले पुरुष शिक्षक र १३ वर्षमाथिका छात्रलाई माध्यामिक विद्यालयमा पठाइदिएको थियो। तर, शिक्षिका र छात्राबारे केही निर्णय भएको छैन्। जसका कारण उनीजस्ता हजारौं बालिका घरमै बस्‍न बाध्य छन्।

 दुई साताअघि तालिबानले उमेर पुगेका छात्रा माध्यामिक विद्यालयमा फर्किन सक्ने निर्णय गरे। तर, उनीहरुमाथि कडा शर्त र बन्देज लगाइयो। तालिबानको आदेशपछि कुन्दुजलगायतका केही प्रान्तमा छात्राहरु माध्यामिक विद्यालय जान थालेका छन् तर उनीहरुलाई यसअघि झै पुरुषसँग बस्न दिइएको छैन्। उनीहरुले छुट्टै पोसाक लगाउनुपर्ने बाध्य पारिएको छ। 

Metro Mart

 

प्रकाशित: Oct 19, 2021| 04:15 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।