मंगलबार, फागुन २६, २०८२

भारतमा कोरोनाका सक्रिय सङ्क्रमित ०.५६ प्रतिशत

पछिल्लो एक दिनमा भारतमा १९ हजार ५८२ जना कोरोना भाइरसका सङ्क्रमित यस रोगबाट मुक्त भएका परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

नयाँ दिल्ली- पछिल्लो एक दिनमा भारतमा १९ हजार ५८२ जना कोरोना भाइरसका सङ्क्रमित यस रोगबाट मुक्त भएका परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। 

National life

हाल सक्रिय सङ्क्रमित कूल सङ्क्रमित ०.५६ प्रतिशत मात्र रहेको सोमबार प्राप्त समाचारमा जनाइएको छ। 

मन्त्रालयले सोमबार दिएको समाचारअनुसार हाल कोरोनाबाट निको भएकाहरु कूल कोरोना सङ्क्रमितको ९८.१२ प्रतिशत रहेको छ। यसैसँगै भारतमा अहिलेसम्म कोरोनामुक्त सङ्ख्या तीन करोड ३४ लाख ३९ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाएको छ। 

भारतमा पछिल्लो एक दिनमा १३ हजार ५९६ जना थप व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको छन्। योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४० लाख ८० हजार भन्दा बढी पुगेका छन्। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ८९ हजार  पुगेको अधिकारीले जनाएका छन्। यो सङ्ख्या २२१ दिन यताको सव भन्दा कम भएको समाचारमा जनाइएको छ। 

यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ५२ हजार ९३१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 18, 2021| 23:30 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।