बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • म्यानमारले जेलमा रहेका पाँच हजारभन्दा बढी प्रदर्शनकारी मुक्त गरिने

म्यानमारले जेलमा रहेका पाँच हजारभन्दा बढी प्रदर्शनकारी मुक्त गरिने

गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारको विरोध गर्दै प्रदर्शन गरेको आरोपमा जेलमा परेका पाँच हजार भन्दा बढी व्यक्तिलाई रिहा गरिने भएको छ।
 |  सोमबार, कात्तिक १, २०७८

बीबीसी

बीबीसी

सोमबार, कात्तिक १, २०७८

न्यापितो- गत फेबु्रअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारको विरोध गर्दै प्रदर्शन गरेको आरोपमा जेलमा परेका पाँच हजार भन्दा बढी व्यक्तिलाई रिहा गरिने भएको छ। 

National life

म्यामार सैन्य सरकारका प्रमुख मिन आङ ह्लाङले सोमबार अक्टोबरको अन्त्यमा हुने थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने बताएका हुन्।

उनले क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यानमारमा हाल जारी संकटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ। प्रजातान्त्रिक सरकारको ‘कू’ भएपछि यसको विरोधको क्रम सुरु भएको र यसबाट देशमा अराजकता छाएको थियो। 

सैन्य कूको विरोधमा प्रदर्शन गर्ने व्यक्तिहरुलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजार भन्दा बढी गिरफ्तार भएका मानवअधिकारवादी समूहले जानकारी दिएको छ।

अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरुमा रहेका राजनैतिक कैदीहरुको सहायता सम्बन्धी एक संस्थाका अधिकारीहरुले जानकारी दिएका छन्। 

Laxmi sunrise bank
kumari

जुलाई महिनामा देशभरका जेलहरुबाट २ हजार भन्दा बढी यहाँको सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो। रिहा गरिएका यी व्यक्तिहरु सैन्य सरकारको आलोचना गर्ने पत्रकारसहित विभिन्न क्षेत्रका नागरिकहरु रहेका छन्। 

प्रकाशित: Oct 18, 2021| 22:30 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।