आइतबार, जेठ २५, २०८२

पश्‍चिम बंगालमा भाजपाका नेताको गोली हानी हत्या

उनको घर अगाडि नै घोषमाथि गोली चलाइएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्।
 |  सोमबार, कात्तिक १, २०७८
nespernesper

बीबीसी

बीबीसी

सोमबार, कात्तिक १, २०७८

vianetvianet

नयाँ दिल्ली- पश्‍चिम बंगालको दिनाजपुर जिल्लाका भारतीय जनता पार्टी (भाजपा) को युवा मोर्चाका उपाध्यक्ष मिथुन घोषको गोली हानी हत्या गरिएको छ। उनको घर अगाडि नै घोषमाथि गोली चलाइएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

प्रहरीका अनुसार लापरबाहीका कारण गोली लागेको तर परिवारले भने परिवारका सदस्यहरुले भने तृणमुल कांग्रेसको संरक्षणमा रहेका असामाजिक तत्वले घोषको हत्या गरेको आरोप लगाएका छन्। 

प्रहरीले उक्त घटनामा संलग्‍न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी अधिकारीका अनुसार आइतबार राति १० बजे इटाहार थाना क्षेत्रमा राजग्राममा रहेको घोषको घरअगाडि नै उनीमाथि गोली चलाइएको थियो। 

परिवारजन र स्थानीयले घोषलाई उपचारका लागि तत्काल रायगन्ज मेडिकल कलेज अस्पतालमा लगेको भए पनि चिकित्सकले भने उनलाई मृत घोषणा गरेको थियो। 

यस घटनालाई लिएर पश्‍चिम बंगालमा भाजपा र तृणमुल कांग्रेसबीच आरोप-प्रत्यारोप चलिरहेको छ। 

National life insurance

प्रकाशित: Oct 18, 2021| 14:19 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।