आइतबार, माघ ४, २०८२

साफमा उपविजेता बनेकाे नेपाली फुटबल टोली स्वदेश फिर्ता

साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोली सोमबार बिहान स्वदेश आइपुगेको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं–  साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोली सोमबार बिहान स्वदेश आइपुगेको छ। टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द भने आएका छैनन्। प्रशिक्षक अलमुताइरीले राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि नेपाल नकर्फने बताएका थिए।

साफ च्याम्पियनसिपको झण्डै तीन दशक लामो इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको थियो। माल्दिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको हो। १३ औं संस्करणमा आइपुग्दा भारत आठौं पटक च्याम्पियन बनेको हो। 

इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यावसायिक फुटबल खेल्दै आएका रोहित क्लबको जिम्मेवारीका लागि त्यसतर्फ गएका छन्। च्याम्पियनसिपमा भाग लिनका लागि पनि उनी इन्डोनेसियाबाट सीधै माल्दिभ्स पुगेका थिए। 

प्रकाशित: Oct 18, 2021| 11:36 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।