सोमबार, असार २२, २०८३

क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा आवेदन खुल्यो

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन मागेको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन मागेको छ। क्यानले सोमबार नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन मागेको हो। 

गत भदौ ११ गते अस्ट्रेलियाली प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि मुख्य प्रशिक्षक पद रिक्त छ। क्यानले मुख्य प्रशिक्षक हुनका लागि ईसीबी वा सीए लेभल थ्री तालिमप्राप्त वा सो समानको योग्यता हुनुपर्ने मापदण्ड तोकेको छ।

त्यस्तै आईसीसी पूर्ण सदस्य, फस्ट क्लास टिम वा एसोसियट सदस्य राष्ट्रका लागि कम्तीमा पाँच वर्ष प्रशिक्षण गरेको अनुभव हुनुपर्नेछ। इच्छुक प्रतिस्पर्धीले अक्टोबर ३१ सम्म आवेदन दिइसक्नुपर्नेछ।

प्रकाशित: Oct 18, 2021| 10:38 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।