काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन मागेको छ। क्यानले सोमबार नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन मागेको हो।
गत भदौ ११ गते अस्ट्रेलियाली प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि मुख्य प्रशिक्षक पद रिक्त छ। क्यानले मुख्य प्रशिक्षक हुनका लागि ईसीबी वा सीए लेभल थ्री तालिमप्राप्त वा सो समानको योग्यता हुनुपर्ने मापदण्ड तोकेको छ।
त्यस्तै आईसीसी पूर्ण सदस्य, फस्ट क्लास टिम वा एसोसियट सदस्य राष्ट्रका लागि कम्तीमा पाँच वर्ष प्रशिक्षण गरेको अनुभव हुनुपर्नेछ। इच्छुक प्रतिस्पर्धीले अक्टोबर ३१ सम्म आवेदन दिइसक्नुपर्नेछ।