सोमबार, असार २२, २०८३

यू–२३ एसिया कप छनोट खेल्ने टिम घोषणा

नेपाली यू–२३ को राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ। यू–२३ टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एसिया कप छनोट खेल्ने टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं- नेपाली यू–२३ को राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ। यू–२३ टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एसिया कप छनोट खेल्ने टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

अब यू २३ को नेपाली टिमले अक्टोबर महिनामै ताजकिस्तानमा तीन देशसँग एसिया कप छनोटका लागि खेल्नेछ। त्यो खेल्ने टिम हिजो आइतबार घोषणा भएको हो।

नेपालले अक्टोबर २५ मा इरानसँग, अक्टोबर २८ मा ताजकिस्तानसँग र अक्टोबर ३१ म लेबनासँग मैत्रपूर्ण खेल खेल्नेछ।

त्यसअघि नेपालले इन्डोनएसियाको यू २३ टिमसँग एक मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जानकारी दिएको छ। छनोटको समूह बीमा रहेको नेपालले दुसान्बेस्थित राष्ट्रिय रंगशालामा खेल्नेछ।

नेपाली टिम

अर्पण कार्की (जीके), विशाल सुनार (जीके), अभिषेक बराल (जीके), सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रणदीप पौडेल, अनिल महर्जन, अभिषेक लिम्बु, नितिन थापा, सुरज ज्यू ठकुरी, आयुष घलन, शेषांग अंगदेम्बे, राजीव लोपचन, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाड़ी, अरिक बिष्ट, रितिक कुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ

प्रकाशित: Oct 18, 2021| 08:49 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।