काठमाडौं- दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)मा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज सोमबार स्वदेश फर्किँदैछ।
नेपाली टोली आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने एन्फाले जनाएको छ।नेपाली टोली साफ इतिहासमा पहिलोपल्ट फाइनलमा पुगेको थियो। फाइनलमा नेपाललाई भारतले हराएको थियो।
पाकिस्तान र भुटान सहभागी नभएपछि ५ टोलीबीच भएको प्रतिस्पर्धामा नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसँग बराबरी खेलेको थियो।
प्रकाशित: Oct 18, 2021| 08:29 सोमबार, कात्तिक १, २०७८