सोमबार, असार २२, २०८३

लेवान्डोस्की र गन्याब्री चम्किँदा ७ मिनेटमै चार गोल

जर्मनीको शीर्ष डिभिजन फुटबल लिग बुन्डेसलिगामा रोबर्ड लेवान्डोस्की र सर्ज गन्याब्री चम्किँदा बायर्न म्युनिखले लिभरकुसनविरुद्ध सानदार जित निकालेको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं- जर्मनीको शीर्ष डिभिजन फुटबल लिग बुन्डेसलिगामा रोबर्ड लेवान्डोस्की र सर्ज गन्याब्री चम्किँदा बायर्न म्युनिखले लिभरकुसनविरुद्ध सानदार जित निकालेको छ।

लिभरकुसनको मैदानमा सम्पन्न खेलमा बायर्नले ५–१ गोलको जित निकालेको हो। बायर्नको जितमा लेवान्डोस्की र गन्याब्रीले समान २–२ गोल गरे त्यस्तै, थोमस मुलरले पनि एक गोल गरे।

बायर्नले सबै गोल पहिलो हाफमा गरेको थियो। लेवान्डोस्कीले खेलको तेस्रो र ३० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। ३४ औं मिनेटमा मुलरले गोल गरे भने गन्याब्रीले ३५ औं र ३७ औं मिनेटमा गोल गरे।

त्यसक्रममा बायर्नले ७ मिनेटमा चार गोल गरेको थियो। यससगै बायर्नले पहिलो हाफमा ५–० गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा भने उसले गोल गर्न सकेन। बरु लिभरकुसनका प्याट्रिक स्चिकले ५५ औं मिनेटमा एक गोल फर्काए।

आइतबार रातिको जितसँगै बायर्नले १९ अंक बनाएर दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई एक अंकले उछिनेको छ। पराजित लिभरकुसन भने तेस्रो स्थानमा छ।

प्रकाशित: Oct 18, 2021| 07:52 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।