सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बार्सिलोनामा अग्युरोको डेब्यू, काउटिन्होले ११ महिनापछि गरे गोल

बार्सिलोनामा अग्युरोको डेब्यू, काउटिन्होले ११ महिनापछि गरे गोल

अर्जेन्टिनी फरवार्ड सर्जियो अग्युरोले स्पेनिस क्लब बार्सिलोनाबाट डेब्यू गरेका छन्। उनले आइतबार रातिको खेलमा भ्यालेन्सियाविरुद्ध खेल्दै स्पेनिस क्लबबाट डेब्यु गरेका हुन्।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं- अर्जेन्टिनी फरवार्ड सर्जियो अग्युरोले स्पेनिस क्लब बार्सिलोनाबाट डेब्यू गरेका छन्। उनले आइतबार रातिको खेलमा भ्यालेन्सियाविरुद्ध खेल्दै स्पेनिस क्लबबाट डेब्यु गरेका हुन्।

प्रिमियर लिगका सर्वाधिक विदेशी गोलकर्ता र म्यानचेस्टर सिटीका सर्वाधिक गोलकर्ता रहँदै क्याटलान क्लब बार्सिलोना पुगेका अग्युरोले डेब्युका लागि लामो समय लिए।

गएको ग्रिस्मकालिन ट्रान्सफर विन्डोमा बार्सिलोना पुगेका अग्युरोले चोटका कारण सिजनको सुरुआतको सबै खेल गुमाएका थिए।

उनको डेब्यु खेलमा बार्सिलोनाले घरेलु मैदानमा भ्यालेन्सियालाई ३–१ गोलले हरायो। बार्सिलोनाको जितका लागि ब्राजिलका अट्याकिङ मिडफिल्डर फिलिप काउटिन्होले पनि गोल गरेका छन्।

काउटिन्होले ११ महिनापछि खेलको ८५ औं मिनेटमा गोल गरेर बार्सिलोनालाई सानदार जित दिलाएका हुन्। काउटिन्होले पोस्टको नजिकबाट प्रहार गर्दै गोल गरेका थिए। उनले २०२० को नोभेम्बरमा ओसासुनालाई हराउने क्रममा गोल गरेका थिए। त्यसपछि उनले पहिलो गोल गरेका हुन्।

त्यसअघि खेलको पाँचौ मिनेटमै भ्यालेन्सियाका जोसे गयाले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अवस्थाबाट फाति भियाराले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यस्तै, पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै मेम्फिस डिपायले ४१ औं मिनेटमा गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका थिए। यो जितसँगै १५ अंक बनाएको बार्सिलोना शीर्षस्थानको रियल सोसिडाडभन्दा ५ अंक पछि छ।

प्रकाशित: Oct 18, 2021| 07:05 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।