आइतबार, माघ ४, २०८२

टोटेनहमसँग पराजित न्युकासलको नयाँ युगमा दुखद् सुरुवात

इंग्लिस प्रिमियर लिग क्लब न्युकासललाई भर्खरै मात्र अरबी कम्पनीले खरिद गरेको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लब न्युकासललाई भर्खरै मात्र अरबी कम्पनीले खरिद गरेको छ। तर नयाँ मालिकसँग प्रशिक्षक स्टिभ ब्रुसको टिमले पहिलो खेलमै हार बेहोरेको छ। क्लबमा साउदी अरेबियाको नागरिक लगानी कोषले किनेपछिको युग नै हारबाट सुरुआत भएको हो।

National life

कोषको मुख्य पदमा साउदी अरेबियाका राजकुमार रहेकाले र त्यहाँको मानव अधिकारसँग जोडेर कतिपय न्युकासल समर्थकले यो विक्री सम्झौताको आलोचना पनि गरेका थिए।

यता, आइतबार राति न्युकासलकै मैदानमा सम्पन्न खेलमा उसले चाहिँ पहुना टोली टोटेनहमसँग ३–२ गोलको हार बेहोर्यो।

क्लबका नयाँ अध्यक्ष यासिर अल रुमयान र क्लबमा लगानीकर्तासमेत रहेका अमन्डा स्टेविलेल पनि खेलमा उपस्थित भए। तर क्लबले पहिलो खेलमा आफ्ना मालिकलाई सन्तुष्ट बनाउन सकेन।

खेलको दोस्रो मिनेटमै विल्सनले गोल गरेपछि घरेलु टिमले अग्रता बनाएको थियो। तर १७ औं मिनेटमा टंगुव एनडोम्बेलेले खेलमा बराबरी गरिहाले। १–१ को बराबरीको अवस्थामा ह्यारी केनले गोल गर्दै घरेलु समर्थकलाई शान्त बनाएका थिए।

Laxmi sunrise bank
kumari

यता पहिलो हाफकै इन्ज्युरी समयमा टोटेनहमका अर्का फरवार्ड सन ह्युङ मिनले गोल गरेपछि टोटेनहमले एक गोलले पछि परेको अवस्थाबाट ३–१ को अग्रता बनाएको थियो।

यता, खेलको ८३ औं मिनेटमा टोटेनहमका इरिक डायरले आफ्नै पोस्टमा गोल गरेपछि खेलको नतिजा ३–२ गोलअन्तरले टोटेनहमका पक्षमा रह्यो। त्यसअघि ८३ औं मिनेटमै न्युकासलका जोन्जो शेल्वीले रातो कार्ड बोहोदै मैदानबाट बाहिरिएका थिए।

यो जितसँगै १५ अंक बनाएको टोटेनहम ईपीएल अंकतालिकाको पाँचौ स्थानमा छ। पराजित न्युकासल भने रेलिगेसन जोनमा छ।

प्रकाशित: Oct 18, 2021| 06:55 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।