सोमबार, असार २२, २०८३

टी२० विश्वकपमा स्कटल्याण्डले बंगलादेशलाई हरायो

आइतबारदेखि सुरु भएको टी २० विश्वकपको पहिलो दिनको दोस्रो खेलमा स्कटल्याण्डले जित निकालेको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं- आइतबारदेखि सुरु भएको टी २० विश्वकपको पहिलो दिनको दोस्रो खेलमा स्कटल्याण्डले जित निकालेको छ।

ओमन र युएईमा जारी विश्वकपमा स्कटल्याण्डले ६ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १४० रन बनाएको थियो।

तर जबाफी ब्याटिङमा बंगलादेशले पूरा ओभरमा ७ विकेट गुमाएर १३४ रन मात्र बनाउन सकेपछि स्कटल्याण्डले जित निकालेको हो।

स्कटल्याण्डका कृस ग्रेविसले सर्वाधिक ४५ रन बनाए भने जर्ज मुन्सेले २९ रन जोडे। बलिङतर्फ बंगलादेशका मेहेदी हसनले ३, शकिब अल हसन र मुस्तफिजुर रहमानले समान २-२ विकेट गिराए।

बंगलादेशका मशफिकर रहमानले सार्वधिक ३८ रन बनाए। यता स्कटल्याण्डका ब्राड व्हिलले ३ र ग्रेविसले २ विकेट गिराए।

विश्वकपको पहिलो खेलमा ओमनले पपुवा न्युगिनीलाई १० विकेटले हराएको छ।

प्रकाशित: Oct 18, 2021| 06:31 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।