बुधबार, पुस ३०, २०८२

बेलायतका सांसदको हत्यामा आतंककारी संलग्न रहेको आशंका

सांसद डेभिड अमेशको शुक्रबार अज्ञात व्यक्तिले छुरा प्रहार गरेर हत्या गरेको थियो। उनको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्।
 |  सोमबार, कात्तिक १, २०७८

बीबीसी

बीबीसी

सोमबार, कात्तिक १, २०७८

काठमाडौं– बेलायतका एकजना सांसदको हत्यामा आतंककारीको हात रहेको अनुमान गरिएको छ। सांसद डेभिड अमेशको शुक्रबार अज्ञात व्यक्तिले छुरा प्रहार गरेर हत्या गरेको थियो।

National life

कन्जरभेटिभ सांसद सर डेभिडलाई एसेक्सस्थित आफ्नै निर्वाचन क्षेत्रको चर्चमा मतदाताहरूसँगको भेटघाट कार्यक्रममा छुरी हानेको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरेको छ। प्रहरीले चक्कु भेटेको र सो हत्याका लागि थप कसैलाई गिरफ्तार गर्न खोजी नगरेको बताएको छ। तर प्रहरीले लन्डनका दुई स्थानमा खोजतलास गरिरहेको बताएको छ।

हरीले उनले नै हत्या गरेको अनुमान गरेको बताइएको छ। तर ती व्यक्तिको परिचय भने खोलिएको छैन। लन्डन प्रहरीले उक्त हत्यामा आतंककारी समुदायका व्यक्तिको हात रहेको जनाएको हो।  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ तर पनि अरु कुनै व्यक्तिलाई पक्राउ भने गरेको छैन। आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका बेला ती सांसदको हत्या भएको थियो। 

घटनाको अनुसन्धान गरिरहेको प्रतिआतङ्कवाद टोलीले हत्याको पछाडि ‘इस्लामिक उग्रवाद’ कारण रहेको हुनसक्ने बताएको छ।प्रधानमन्त्री बोरिस जोनसनले राजनीतिमा रहेका दयालुमध्ये एक व्यक्ति गुमाउनुपरेकोमा शोक व्यक्त गरेका छन्। गृहमन्त्री प्रीति पटेलले प्रहरीलाई सबै सांसदहरूको सुरक्षा व्यवस्थालाई तुरुन्तै पुनर्विचार गर्न निर्देशन दिएकी छन्।

६९ वर्षीय डेभिड  सन् १९८३ देखि सांसद थिए। उनका श्रीमती र पाँच सन्तान छन्। गत पाँच वर्षमा हत्या भएका उनी ब्रिटेनका दोस्रो सांसद हुन्। सन् २०१६ मा लेबर सांसद जो कक्सको हत्या भएको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 18, 2021| 00:35 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।