आइतबार, माघ ४, २०८२

टी–२० विश्वकपमा ओमनको विजयी सुरुआत

आईसीसी टी २० विश्वकपमा ओमनले विजयी सुरुआत गरेको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– आईसीसी टी २० विश्वकपमा ओमनले विजयी सुरुआत गरेको छ। ओमन र यूएईमा जारी विश्वकप प्रतियोगिताको पहिलो खेलमा ओमनले पुपुवा न्युगिनीविरुद्ध १० विकेटको जित निकालेको हो। ओमनका लागि जितेन्दर सिंहले ४२ बलमा ७३ रन र अकिब इलियासले ४३ बलमा ५० रन बनाएका थिए। 

टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो। पपुवा न्युगिनीका दुवै ओपनर शून्य रनमा आउट हुँदा आबस्सद वालाले सर्वाधिक ५६ रनको योगदान दिए।

बलिङतर्फ ओमनका जिसम मक्सोदले चार विकेट लिए भने बिलाल खान र कलिमुल्लाहले समान २,२ विकेट गिराए। जितसँगै ओमनले २ अंक जोडेको छ।

प्रकाशित: Oct 17, 2021| 19:26 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।