सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय फुटबल टोली भोलि फर्कंदै, अलमुताइरीको आग्रह : स्वागतमा विमानस्थल जाऔं

राष्ट्रिय फुटबल टोली भोलि फर्कंदै, अलमुताइरीको आग्रह : स्वागतमा विमानस्थल जाऔं

साफ च्याम्पियनसिपको उपविजेता राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्कने भएको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

काठमाडौं–  साफ च्याम्पियनसिपको उपविजेता राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्कने भएको छ। साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलोपटक शनिबार माल्दिभ्समा फाइनल खेलेको थियो। प्रतिस्पर्धामा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो। 

राष्ट्रिय टोलीले आइतबार माल्दिभ्स छाड्नेछ। हवाईमार्गबाट कतारको दोहा हुँदै टोली सोमबार राति ९स्१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। 

यसैबीच टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले समर्थकलाई स्वागतमा विमानस्थल आउन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘सबै नेपाली समर्थकका लागि विशेष आग्रह हो, राष्ट्रिय टोली नेपाल फर्कंदा सबै जना विमानस्थल आएर सम्मान गर्नुपर्छ।’ खेलको स्तरलाई निरन्तरता दिइरहने हो भने खेलाडीलाई साथ र समर्थन गर्नुपर्ने उनको भनाइ छ। उनले भनेका छन्, ‘प्रशिक्षक, संघ र सरकारबारे सोच्ने होइन, टोलीलाई साथ दिनेबारे सोच्नुहोस्।’

साफको तयारीको सिलसिलामा नेपाली टोली असोज ११ गते माल्दिभ्स पुगेको थियो। 

साफ च्याम्पियनसिपमा यसपटक सुरुका दुई खेल जित्ने क्रममा नेपालले माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ ले हराएको थियो। तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेपछि पहिलो पटक फाइनल यात्रा तय गरेको थियो। 

प्रकाशित: Oct 17, 2021| 17:23 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।