सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सैनिकलाई बढी खाना दिएका उत्तरकोरियाका लेफ्टिनेन्ट जर्नेललाई मृत्युदण्ड

सैनिकलाई बढी खाना दिएका उत्तरकोरियाका लेफ्टिनेन्ट जर्नेललाई मृत्युदण्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
सोल- उत्तर कोरियाली नेता किम जोङ–उनले अधिकार दुरुपयोग र देशद्रोहको आरोपमा एक उच्च सैनिक अधिकृतलाई ९० राउन्ड गोली प्रहार गरेर मृत्युदण्ड दिएका छन्। 

जवानहरूका लागि छुट्याइएको भन्दा बढी खाना जुटाएको आरोपमा लेफ्टिनेन्ट जर्नेल ह्योङ जु–सोङलाई मृत्युदण्ड दिइएको हो।

‘दी सन’ अखबारका अनुसार राजधानी प्योङयाङस्थित सैनिक प्रतिष्ठानमा उनको गोली हानी हत्या गरिएको थियो। गत १० अप्रिलमा एक स्याटेलाइट लन्चिङ स्टेसन निरीक्षणमा गएका थिए, जनरल ह्योङ। त्यसक्रममा उनले परमाणु हतियार र रकेट बनाउनका लागि आफूहरू भोको रहन नसक्ने अभिव्यक्ति दिएका थिए। 

र, सैनिक जवानहरूका परिवारका लागि ज्यादा खाना र इन्धन बाँड्न निर्देशन दिएका थिए । सोही अभिव्यक्ति र निर्देशनलाई आधार बनाएर उनलाई मृत्युदण्ड दिइएको हो। 

उत्तरकोरियाली नेता किमले सन् २०१३ मा आफ्नै फुपाजु जेङ सोङ–थायकलाई एक सय २० वटा शिकारी कुकुर लगाएर हत्या गरेका थिए । उत्तरकोरियाका तत्कालीन रक्षा प्रमुख ह्योङ योङलाई पनि एन्टी–एयरक्राफ्ट गन प्रयोग गरेर हत्या गरेका थिए। - दैनिक भाष्कर
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।