आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिपमा नेपालको यात्रा : कुवेती कोचको पूरा न(भएको) सपना

साफ च्याम्पियनसिपमा नेपालको यात्रा : कुवेती कोचको पूरा न(भएको) सपना

अल्मुताइरीको नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुर्‍याउने सपना त पूरा भयो तर उपाधि जित्ने सपना पूरा हुन सकेन।
 |  आइतबार, असोज ३१, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

आइतबार, असोज ३१, २०७८

vianetvianet

काठमाडौं– गत वर्ष चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै कुवेती कोच अब्दुल्लाह अलमुताइरीले आफ्ना सपना सुनाएका थिए– हाम्रो स्तरको प्रतियोगिता भनेकै साफ च्याम्पियनसिप हो। अब मेरो उद्देश्य भनेको पहिलो साफ च्याम्पियनसिपमा पुग्नु हो। र, त्यो प्रतियोगिता जित्नु हो।

triton college

नभन्दै उनले नेपाली टिमलाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्‍याए। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा दक्षिण एसियाको शक्ति केन्द्र भारतले नेपाललाई हराउँदै उपाधि जित्यो। अल्मुताइरीको नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुर्याउने सपना त पूरा भयो तर उपाधि जित्ने सपना पूरा हुन सकेन।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको सुरुमै भारतले नेपालविरुद्ध अग्रता बनायो। ४९ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने त्यसको एक मिनेटमै सुरेश सिंह वान्गजमले गोल गरे। त्यो दुई गोलससँगै नेपाल २–० गोलले पछि परेको थियो।

इन्ज्युरी समयमा साहल अब्दुद समले गोल गरेर भारतको अग्रतालाई बढाए। उनको गोलसँगै नेपाल ३–० गोलले पछि पर्‍यो। र, त्यही नतिजासाथ नेपाल फाइनलमा पराजित भयो। अलमुताइरीले शनिबार राति माल्दिभ्समा हार बेहोर्नुको कारण अनुभवको कमी रहेको बताएका छन्। ‘हामीले आजको फाइनल खेलमा जित निकाल्न सकेनौँ। किनभने हामीसँग अनुभवको कमी थियो,’ उनले भने, ‘एक मिनेटमा दुई गोल खानु निकै कठिन थियो।’

‘परिश्रम र प्रशिक्षकविना टिम उत्कृष्ट हुँदैन। अर्थात् जुनै प्रशिक्षक नेपाल आए पनि खेलाडीले अल्छी गर्‍यो भने उसले हार्नेछ।’ 
फाइनलमा अलमुताइरी टेक्निकल एरियामा डगआउट बस्नबाट बञ्चित भएका थिए। त्यो क्षेत्रमा प्रशिक्षक किरण श्रेष्ठ थिए। दुई गोलले पछि परेको अवस्थामा सहायक प्रशिक्षक श्रेष्ठले एकैपटक मनीष डाँगी, विशाल राई र आयुष घलानलाई मैदानमा प्रवेश गराएका थिए।अलमुताइरीले भने, ‘नयाँ खेलाडी भित्र्याएर हामीले अट्याकिङको प्रयास गरेको हो। तर सफल भएनौं।’

त्यसो त अलमुताइरीले मुख्य प्रशिक्षकको जिम्मेवारी लिँदै चारवटा लक्ष्य राखेको बताएका थिए। त्यही अनुसार उनले काम गरिरहेको पनि जानकारी दिए। अलमुताइरीको नजरमा सबैभन्दा ठूलो कुरा कडा परिश्रम हो। नेपाली टिमलाई परिश्रमी बनाउने उनको पहिलो लक्ष्य थियो। ‘परिश्रम र प्रशिक्षकविना टिम उत्कृष्ट हुँदैन। अर्थात् जुनै प्रशिक्षक नेपाल आए पनि खेलाडीले अल्छी गर्‍यो भने उसले हार्नेछ,’ उनले भने।

National life insurance

उनले नेपाली टिमलाई ठूला टिमसँग खेल्दा रक्षात्मकभन्दा पनि अट्याकिङ खेल्नुपर्ने बताएका थिए। त्यहीअनुसार उनको समयमा नेपाली टिमले फरवार्ड लाइनको प्रदर्शनमा केही सुधार पनि गरेको थियो। उनले आफ्नो पहिलो खेल इराकसँग खेलाएका थिए। सो खेलमा नेपालले हार त बेहोर्‍यो तर नेपाली टोलीको प्रदर्शन देखेर समर्थकले अलमुताइरीरलाई सम्मान र माया दिएका थिए।

त्यसपछि विश्वकप छनोटमा तीन खेलमध्ये नेपालले दुई खेलमा हार र एक खेलमा जित निकाल्यो। त्यसबाट अलमुताइरीले थप चर्चा बटुले। उनले नेपाली टिमले आक्रामक खेल्न सक्छ भनेर खेलाडीलाई विश्वास दिलाउन सक्नु र त्यसको सुरुआत मैदानमा देखिनु नै समर्थकको अलमुताइरीप्रतिको विश्वासको मुख्य विन्दु थियो।

अहिले नेपाली टिम छोड्दै गर्दा उनले नेपाली फुटबल समर्थकले दिएको माया भुल्न नसकिने बताएका छन्। एसिया कपको तयारी गरिरहेको नेपाली टिमबाट अब उनी बाहिरिएका छन्। तर उनी नेपालले केही ठूलो र राम्रो सफलता पाउने बताउँछन्। भन्छन्, ‘नेपाली फुटबलको भविष्य राम्रो हुनुर्छ। यसअघिको यात्राले सबैलाई सरप्राइज पनि दिनसक्छ। म नेपाली जनतालाई आफ्नो फुटबल टिमलाई सधैँ माया गरिरहने सन्देश दिन चाहन्छु।‘ उनले धेरै जानमा केहि मानिस खराब हुनसक्ने पनि बताएका छन्।

अब नेपाली टिम अक्टोबर १८ तारिखमा नेपाल फर्कँदै छ। सो क्रममा नेपाली टिमलाई समर्थन गर्न अलमुताइरीले आग्रह गरेका छन्। उनले भने, ‘यदी नेपालले राम्रो स्तरको खेल देखाउनुपर्छ भन्ने लाग्छ भने सबैले टिमलाई माया र समर्थन गर्नु जरुरी हुन्छ।’

नेपालले लिग चरणमा दुई जित, एक बराबरी र एक हार बेहोर्दै ७ अंक बनाएर इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको थियो। 

पछिल्लो पटक बुधबार नेपालले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनलमा स्थान बनाएपछि प्रशिक्षक अलमुताइरीले राजीनामा दिएको सार्वजनिक रुपमा घोषणा गरेका थिए।

नेपालले लिग चरणमा दुई जित, एक बराबरी र एक हार बेहोर्दै ७ अंक बनाएर इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको थियो। सोही अवसरमा अलमुताइरीले राजीनामा बारे बोलेका थिए।

‘आज नेपाली टिमको खेल हेरेर पूरा दक्षिण एसियामा चर्चा छ। तर, अब हामी फाइनल खेल्न गइरहेका छौं। त्यो नेपालको राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ,’ उनले राजीनामा सार्वजनिक गर्दै भनेका थिए, ‘अब म नेपाल फर्किएर आउने छैन। अब कसैले मेरो नाम प्रयोग गरेर पैसा बनाउन पाउने छैन।’

उनले भारतको खेलअघि नेपालले हार्ने बताएका थिए। त्यही कुरालाई लिएर म्याच फिक्सिङको अनुमान समेत गरिएको थियो। म्याच फिक्सिङबारे उठेको प्रश्नको जवाफ दिँदै भने, ‘यो कुरा कसरी आयो। कसरी सम्भव छ त्या कुरा? मेरो छोराले पनि मलाई प्रश्न गरेको छ कि ती सबै प्रतिकृयाको अर्थ के हो?’

उनले प्रतिप्रश्न गरे, ‘अब मैले उत्तर के दिने होला त? विज्ञापनबाट पैसा कमाउन कसैले गलत लेखेका छन्। त्यो राम्रो होइन। म नाम त भन्दिन तर त्यो कुरा सम्बन्धित मानिसले थाहा पाउनु पर्दछ।’


यस्तो रह्यो साफ च्याम्पियनसिपमा नेपालको यात्रा

१३ औं संस्करणको साफ च्याम्पियनसिप नेपाली टिमका लागि निकै विशेष रह्यो। नेपाल पहिलो पटक प्रतियोगिताको फाइनलमा पुग्यो। नेपालले अक्टोबर १ तारिखमा भएको उद्घाटन खेलमा आयोजक माल्दिभ्ससँग खेलेको थियो। सो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलले हराउँदै सुखद सुरुआत गरेको थियो।

उक्त खेलमा नेपालका लागि फरवार्ड मनिष डाँगीले गोल गरेका थिए। उनले ८६ औं मिनेटमा गरेको गोल नै नेपालको जितका लागि पर्याप्त बन्यो।

खेलमा नेपालविरुद्ध दबाब बनाउँदै ६२ प्रतिसत समय बलमा नियन्त्रण बनाए पनि माल्दिभ्सले गोल गर्न सकेन। दोस्रो खेलमा नेपालले उस्तै राम्रो प्रदर्शन गर्यो। नेपालले श्रीलंकालाई ३–२ गोलले हरायो। अक्टोबर ४ तारिखमा भएका उक्त खेलमा नेपालका सुमन लामा, अन्जन विष्ट र आयुष घलानले समान १–१ गोल गरेका थिए।

खेलको ४७ प्रतिशत समय मात्र बलमा नियन्त्रण बनाएको श्रीलंकाका मार्विन हेमिल्टन र डिलोन डि सिल्वाले एकएक गोल पर्काए।  प्रतियोगिताको तेस्रो खेलमा भने नेपालले राम्रो खेल्न सकेन। भारतविरुद्ध नेपालले रक्षात्मक खेलेको भन्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आलोचनासमेत भएको थियो।

पछिल्लो डेढ महिनामा चार पटक भारतसँग खेल्दा नेपालले दुई मात्र गोल गरेको छ। भने भारतले सात गोल गरेको छ। त्यसमध्ये तीन गोल त सुनिल क्षेत्रीले नै गरेका छन्।

सो खेलको ८५ औं मिनेटमा भारतका फरवार्ड सुनिल क्षेत्रीले गोल गरेपछि नेपालले भारतसँग १–० गोलको हार बेहोरेको थियो। सो खेलमा हार बेहोरेपछि नेपालको फाइनलको यात्रा पनि लम्बिएको थियो। खेल नेपालका लागि गर वा मरको अवस्थामा थियो। नेपालले जित निकालेको अवस्थामा वा बराबरी गरेको अवस्थामा नेपाल फाइनलमा पुग्ने थियो।

तर, हार बेहोरेमा नेपालको यात्रा समूह चरणबाटै समाप्त हुने थियो। र, नेपालले बंगलादेशसँग बराबरी गर्दै फाइनलमा पुगेको हो। यता सोहि दिन भएको अर्को खेलमा भारतले माल्दिभ्सलाई हरायो र ऊ पनि फाइनल पुग्यो।

फाइनलमा नेपाल र भारतको भेट निश्चित भयो। तर दुईटा पहेँलो कार्डका कारण फरवार्ड अन्जन विष्टले खेल गुमाउन पुगे। यता दुई खेलमा दुई यल्लो कार्ड बेहोरेका प्रशिक्षक अलमुताइरी पनि फाइनलमा डगआउट बस्न पाएनन्।

त्यस्तै, लिगको अन्तिम खेलमा रातो कार्ड पाएका भारतिय प्रशिक्षक इगोल स्टिमच पनि टेक्निकल एरियामा नबस्ने भए। भारतिय खेलाडी सुबासिस बोसको पनि रातो कार्डको सजाय बाँकी नै थियो।

धेरै अप्ठ्याराहरुको बाबजुद फाइनल खेल सम्पन्न भयो। त्यो खेलमा पनि नेपालले भारतविरुद्ध गोल गर्न सकेन। पछिल्लो डेढ महिनामा चार पटक भारतसँग खेल्दा नेपालले दुई मात्र गोल गरेको छ। भने भारतले सात गोल गरेको छ। त्यसमध्ये तीन गोल त सुनिल क्षेत्रीले नै गरेका छन्।

हिजो सम्पन्न साफ च्याम्पिनसिपमा नेपालले पाँच गोल गर्यो भने ७ गोलको सामना गर्यो। नेपालका लागि अन्जन विष्टले दुई गोल गरे भने मनिष डाँगी, आयुष घलान र सुमन लामाले समान १–१ गोल गरे। प्रतियोगिताको दौरान नेपालले भारतविरुद्ध दुई खेल खेल्यो। तर दुवै खेलमा नेपालले गोल गर्न सकेन। पाँच गोल भारतबाहेकको टिमविरुद्ध थियो। नेपालले माल्दिभ्सलाई एक, श्रीलंकाको पोस्टमा तीन र बंगलादेशविरुद्ध एक गोल गरेको थियो।

प्रकाशित: Oct 17, 2021| 10:12 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।