सोमबार, वैशाख २१, २०८३

मेलम्ची-इन्द्रावती सडक अवरुद्ध

भीषण वर्षाका कारण मेलम्ची–इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

National life

काठमाडौं– भीषण वर्षाका कारण मेलम्ची–इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेको छ। असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएको थियो। मोटरबाटोमा शनिबार रातिको वर्षाले पुनः क्षति भएको हो।

यस्तै मेलम्ची– दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए।

हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित छ। असार १ र साउन १६ गते आएको बाढीका कारण  सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो। बाटो अवरुद्ध भएपछि मेलम्ची–पाँचपोखरी र मेलम्ची–नवलपुर सडक अवरुद्ध भएको छ।

प्रकाशित: Oct 17, 2021| 10:07 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।