आइतबार, माघ ४, २०८२

सिरी एमा इन्टर मिलान पराजित, अर्को खेलमा एसी मिलानको जित

इटालियन सिरी ए को उपाधि दावेदार इन्टर मिलानले शनिबार राति हार बेहोरेको छ। लाजियोको मैदानमा सम्पन्न खेलमा पाहुना टिम इन्टर मिलानले घरेलु टिमसँग ३–१ गोलको हार बेहोरेको हो।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

काठमाडौं- इटालियन सिरी ए को उपाधि दावेदार इन्टर मिलानले शनिबार राति हार बेहोरेको छ। लाजियोको मैदानमा सम्पन्न खेलमा पाहुना टिम इन्टर मिलानले घरेलु टिमसँग ३–१ गोलको हार बेहोरेको हो।

National life

लाजियोको जितका लागि सिरो इमोबिले, फिलिपे एन्डर्सन र सर्गेज साविचले गोल गरेका थिए। खेलको इन्ज्युरी समयको सातौं मिनेटमा लाजियोका लुइज फिलिपे रोमासले रातो कार्ड पाएपछि उनी लाजियो अन्तिम सममा १० खेलाडीमा समेटिएको थियो।

यता, इन्टर मिलानका इभान पोरिसिचले १२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरेका थिए। उनको गोलसँगै मिलानले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो। यता लाजियोले दोस्रो हाफमा पुनरागमन जित निकालेको हो।

सिरी ए एक अर्को खेलमा एसी मिलानले वेरोनालाई ३–२ गोलले हराएको छ। वेरोनाले पहिलो हाफमा बनाएको २–० गोलको अग्रता तोड्दै एसी मिलानले ३–२ गोलको जित निकालेको हो।

मिलानको जितका लागि ओलिभिए जिरु र फ्रांक केसीले गोल गरे। यता वेरोनाका कोरय जुन्टरले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा मिलानले पुनरागमन जित निकालेको हो।

Laxmi sunrise bank
kumari

एसी मिलानले तिनै गोल दोस्रो हाफमा गरेको थियो। त्यसअघि पहिलो हाफको सातौ मिनेटमा र २४ औं मिनेटमा गोल गर्दै वेरोनाले अग्रता बनाएको थियो।

प्रकाशित: Oct 17, 2021| 07:26 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।