सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मेरिल्यान्डस्थित पत्रिकाको कार्यालयमा गोली प्रहार, ५ को मृत्यु

मेरिल्यान्डस्थित पत्रिकाको कार्यालयमा गोली प्रहार, ५ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अमेरिका- अमेरिकाको म्यारिल्याण्ड राज्यका एक दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा ५ जना मानिसहरू मारिएका छन्। अन्य पाँच जना घाइते भएको द गार्जियनले जनाएको छ । 

संदिग्ध हमलाकारीलाई जरोड रमोस भनेर उल्लेख गरिए पनि प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन। प्रहरीले उनलार्इ एउटा श्वेत पुरुष भनेर चिनाएको छ र उनलाई प्रहरीले नियन्त्रणमा लिएका छन्।

राष्ट्रपति ट्रम्पकी सञ्चार अधिकारी सेराह सेन्डर्सले हत्याको निन्दा गर्दै निर्दोष पत्रकारहरूविरुद्धको आक्रमण अमेरिकामाथिको आक्रमण भएको प्रतिक्रिया दिएकी छन्।

एनापोलिस स्थित क्यापिटल गजेट भवनभित्र रहेका कर्मचारीहरूले बन्धुकधारीले सिसाको ढोका बाहिरबाट समाचार कक्षमा गोली चलाएको जानकारी दिएका छन्। प्रहरीले उनले ठूलो आकारको बन्दुकको प्रयोग गरेको जनाएका छन् ।  उनले बोकेको झोलाबाट नक्कली ग्रिनेड समेत  फेला परेको बताइएको छ।

प्रहरीले योजनाबद्ध रूपमा आक्रमण गरिएको उल्लेख गरेको छ। उनले प्रहरी अधिकारीहरूलाई असहयोग गरिरहेको बीबीसीले जनाएको छ । उनले आफ्नो पहिचान नखुलोस भनेर आफ्नो औलाँको टुप्पोमा क्षति पुर्‍याएको स्थानीय समाचारहरूले उल्लेख गरेका छन्। -एजेन्सी

प्रहरीले घटनास्थल आसपासमा विस्फोटक सामग्री जस्तो देखिने वस्तु फेला पारेको र त्यसलाई निस्क्रिय पारेको उल्लेख गरेको छ।

अन्य व्यापारिक कार्यालयहरूसमेत रहेको उक्त भवनबाट १७० जनालाई उद्धार गरिएको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।