सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • हाल्यान्डको दोहोरो गोलमा निकालेको जितसँगै डर्टमन्ड बुन्डेसलिगाको शीर्षस्थानमा

हाल्यान्डको दोहोरो गोलमा निकालेको जितसँगै डर्टमन्ड बुन्डेसलिगाको शीर्षस्थानमा

जर्मन शीर्ष डिभिजनको फुटबल लिग बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले सहज जित निकालेको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

काठमाडौं- जर्मन शीर्ष डिभिजनको फुटबल लिग बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले सहज जित निकालेको छ। उसको घरेलु मैदानमा सम्पन्न खेलमा डर्टमन्डले पाहुना टिम माइन्जलाई ३–१ गोलअन्तरले हराएको हो।

डर्टमन्डको जितमा मार्को रासफर्डले सुरुआति गोल गरेका थिए। उनले तेस्रो मिनेटमै घरेलु टिमलाई अग्रता दिलाए। यससँगै पहिलो हाफमा डर्टमन्ड १–० गोलले अघि रह्यो।

दोस्रो हाफको ५४ औं मिनेटमा इर्लिङ हाल्यान्डले पेनाल्टीमार्फत् गोल गरे। हाल्यान्डले नै खेलको इन्युरी समयमा अर्को गोल थपेका थिए। यससँगै डर्टमन्डले खेलमा तीन गोल पूरा गर्यो।

यता माइन्जका जोनाथन बुकार्डटले ७ औं मिनेटमा सान्त्वना गोल फर्काए। यो जितसँगै ८ खेलबाट १ अंक बनाएको डर्टमन्ड शीर्षस्थानमा छ। दोस्रो स्थानको बायर्नको १६ अंक छ।

बुन्डेसलिगाअन्तर्गत आठौं चरणको खेलमा मोन्छेनग्लाडबाखले भीएफबी सुटरगार्टसँग १–१ गोलको बराबरी खेलेको छ। त्यस्तै, लाइप्जिक पनि फ्रिइबर्गसँग बराबरीमा रोकिएको छ।

प्रकाशित: Oct 17, 2021| 07:14 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।