काठमाडौं- जर्मन शीर्ष डिभिजनको फुटबल लिग बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले सहज जित निकालेको छ। उसको घरेलु मैदानमा सम्पन्न खेलमा डर्टमन्डले पाहुना टिम माइन्जलाई ३–१ गोलअन्तरले हराएको हो।
डर्टमन्डको जितमा मार्को रासफर्डले सुरुआति गोल गरेका थिए। उनले तेस्रो मिनेटमै घरेलु टिमलाई अग्रता दिलाए। यससँगै पहिलो हाफमा डर्टमन्ड १–० गोलले अघि रह्यो।
दोस्रो हाफको ५४ औं मिनेटमा इर्लिङ हाल्यान्डले पेनाल्टीमार्फत् गोल गरे। हाल्यान्डले नै खेलको इन्युरी समयमा अर्को गोल थपेका थिए। यससँगै डर्टमन्डले खेलमा तीन गोल पूरा गर्यो।
यता माइन्जका जोनाथन बुकार्डटले ७ औं मिनेटमा सान्त्वना गोल फर्काए। यो जितसँगै ८ खेलबाट १ अंक बनाएको डर्टमन्ड शीर्षस्थानमा छ। दोस्रो स्थानको बायर्नको १६ अंक छ।
बुन्डेसलिगाअन्तर्गत आठौं चरणको खेलमा मोन्छेनग्लाडबाखले भीएफबी सुटरगार्टसँग १–१ गोलको बराबरी खेलेको छ। त्यस्तै, लाइप्जिक पनि फ्रिइबर्गसँग बराबरीमा रोकिएको छ।