सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ईपीएलः म्यानचेस्टर युनाइटेडको पराजय, अर्को खेलमा र चेल्सीको जित

ईपीएलः म्यानचेस्टर युनाइटेडको पराजय, अर्को खेलमा र चेल्सीको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग हार बेहोरेको छ। लेस्टर सिटीको मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा पहुना टिम युनाइटेड ४–२ गोलले पराजित भएको हो।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग हार बेहोरेको छ। लेस्टर सिटीको मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा पहुना टिम युनाइटेड ४–२ गोलले पराजित भएको हो।

लेस्टर सिटीका लागि योउरी टेलेमन्स, काग्लल सोयुन्सु, ज्यामी वर्डी र पट्सन डकाले गोल गरेका थिए। यता १९ औं मिनेटमै युनाइटेडका मेसन ग्रिनवुडले गोल गरेर अग्रता बनाए पनि उसले अग्रता जोगाउन सकेन।

त्यस्तै, युनाइटेडका मार्कस रासफर्डले खेलको ८२ औं मिनेटमा गोल फर्काएका थिए। त्यो गोलसँगै खेल २–२ गोलको बराबरीमा आए पनि लेस्टरले अन्तिम समयमा २ थप गोल गर्दै जित निकालेको हो।

अंकतालिकामा १४ अंक रहेको युनाइटेड पाँचौ स्थानमा छ भने विजेता लेस्टर ११ अंकका साथ ११ औं स्थानमा छ।

शनिबार रातिकै अर्को खेलमा चेल्सीले यो सिजन बढुवा भएर आएको टिम ब्रेन्टफर्डमाथि जित निकालकोे छ। चेल्सीका बेन चिलवेलले जितको लागि एकमात्र निर्णायक गोल गरेपछि चेल्सीले १–० गोलको जित निकालेको हो। यससँगै १९ अंक बनाएको चेल्सी अंकतालिकाको शीर्षस्थानमा छ।

त्यस्तै, शनिबार राति सम्पन खेलमा लिभरपुलले सानदार जित निकालेको छ। वाटफोर्डको मैदानमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टिमलाई  ५–० गोलले हराएको हो। लिभरपुलको जितका लागि रोबर्टो फर्मिनोले ह्याट्रिक गरे।

प्रकाशित: Oct 17, 2021| 06:59 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।