काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन खेलमा लिभरपुलले सानदार जित निकालेको छ। वाटफोर्डको मैदानमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टिमलाई ५–० गोलले हराएको हो।
लिभरपुलको जितका लागि रोबर्टो फर्मिनोले ह्याट्रिक गरे। उनले पहिलो हाफमा एक र दोस्र हाफमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
आठौं मिनेटमा मोहम्मद सलाहको पासमा गोल गर्दै साडियो मानेले लिभरपुललाई अग्रता दिलाएका थिए। ३७ औं मिनेटमा फर्मिनोले गोल गरेपछि पहिलो हाफमा २–० गोलअन्तर भएको थियोा।
५२ औं मिनेछमा फर्मिनोले, ५४ औं मिनेटमा सालाहले र अन्तिम मिनेटमा फेरि पर्मिनोले गोल गरेपछि लिभरपुलले सानदार जित निकालेको हो।
यो जितसँगै उसले ८ खेलबाट अंक जोडेको छ। शीर्षस्थानको चेल्सी भने ब्रेन्टफर्डसँग पराजित भएको छ।