सोमबार, असार २२, २०८३

फर्मिनोको ह्याट्रिकमा लिभरपुलको सानदार जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन खेलमा लिभरपुलले सानदार जित निकालेको छ। वाटफोर्डको मैदानमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टिमलाई ५–० गोलले हराएको हो।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

काठमाडौं- इंग्लिस  प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन खेलमा लिभरपुलले सानदार जित निकालेको छ। वाटफोर्डको मैदानमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टिमलाई  ५–० गोलले हराएको हो।

लिभरपुलको जितका लागि रोबर्टो फर्मिनोले ह्याट्रिक गरे। उनले पहिलो हाफमा एक र दोस्र हाफमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
आठौं मिनेटमा मोहम्मद सलाहको पासमा गोल गर्दै साडियो मानेले लिभरपुललाई अग्रता दिलाएका थिए। ३७ औं मिनेटमा फर्मिनोले गोल गरेपछि पहिलो हाफमा २–० गोलअन्तर भएको थियोा।

५२ औं मिनेछमा फर्मिनोले, ५४ औं मिनेटमा सालाहले र अन्तिम मिनेटमा फेरि पर्मिनोले गोल गरेपछि लिभरपुलले सानदार जित निकालेको हो।

यो जितसँगै उसले ८ खेलबाट अंक जोडेको छ। शीर्षस्थानको चेल्सी भने ब्रेन्टफर्डसँग पराजित भएको छ।

प्रकाशित: Oct 17, 2021| 06:37 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।