आइतबार, माघ ४, २०८२

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

काठमाडौं– भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको छ। साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।

National life

पहिलो पटक फाइनलमा पुगेको नेपाललाई हराउँदै भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनल खेलमा नेपालाई दबाब बनाउँदै भारतले च्याम्पियनसिपको उपाधि आफ्नो बनायो। १३ औं संस्करणको उपाधि जितसँगै भारतले दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो पावरहाउसका रुपमा आफ्नो वर्चस्व कायम राखेको छ। भारतले अहिले आठौं पटक उपाधि जितेको हो। 

पहिलो हाफमा बराबरी नतिजा रहेकोमा दोस्रो हाफको सुरुमै भारतीय पक्षबाट निरन्तर दुई गोल भएको थियो। खेलको ४९ औं मिनेटमा भारतका तर्फबाट सुनिल क्षेत्रीले गोल गरेका थिए भने ५० औं मिनेटमा सुरेश सिंह वाङजामले दोस्रो गोल गरेका थिए। यसपछि भारतका तर्फबाट सहल अब्दुल समदले इन्जुरी समयमा गोल गरेका थिए।

खेलको सुरुआतबाट बलमा पकड जमाउँदै भारतले नेपालमाथि दबाब बनाएको थियो। यता नेपालले पनि काउन्टर अट्याकको प्रयास गरे पनि गोलको अवसर सिर्जना गर्न सकेन।

Laxmi sunrise bank
kumari

२३ औं मिनेटमा भारतका अनिरुद्ध थापाको प्रहारलाई दिनेश राजवंशीले क्लियर गरिदिएका थिए। २७ औं मिनेटमा सुनिल क्षेत्रीले गरेको प्रहार भने किरण कुमार लिम्बूको हातमा पुगेर रोकिएको थियो। ३० औं मिनेटमा नेपालका तेज तामाङले गरेको प्रहार भने भारतीय गोलकिपरको हातमा पुगेर रोकिएको थियो। 

३१ औं मिनेटमा अनिरुद्ध थापाले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो। त्यस क्रममा डिफेन्समा रहेका सुजल श्रेष्ठ, दिनेश राजवंशी र अनन्त तामाङ निकै व्यस्त भइरहे। खेलको ३० मिनेटसम्म नेपाली टिमले केही राम्रा मुभ बनाए पनि गोल गर्न भने सकेन।

भारतले पनि निकै राम्रा मौका गुमाइरह्यो। फरवार्ड क्षेत्रीले पहिलो हाफको अन्तिम समयमा गोल गर्ने अवसर पाए, तर उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। पहिलो हाफमा नेपालले भारतको पोस्टतर्फ तीन र भारतले नेपालका पोस्टतर्फ १० प्रहार गरेका थिए। 

दोस्रो हाफको सुरुमै भारतले नेपालको विरुद्धमा अग्रता बनायो। ४९ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने त्यसको एक मिनेटपछि सुरेश सिंह वाङजामले गोल थपे। 

भारतबाहेक माल्दिभ्सले २ पटक, बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान एक पटक जितेका छन्। अफगानिस्तान सन् २०१५ पछि साफ च्याम्पियनसिपबाट बाहिरिसकेको छ। नेपाल, पाकिस्तान र भुटानले भने अहिले सम्म साफ च्याम्पियनसिप जितेको छैन। 

दुई गोलले पछि परेको अवस्थामा सहायक प्रशिक्षक किरण श्रेष्ठले एकैपटक मनीष डाँगी, विशाल राई र आयुष घलानलाई मैदानमा छिराएका थिए। ५८ औं मिनेटमा नवयुगले गरेको प्रहार भारतका गोलकिपरले सहजै नियन्त्रणमा लिए। ६६ औं मिनेटमा सुनिल क्षेत्रीको प्रहारलाई गोलकिपर लिम्बूले बचाएका थिए। ७८ औं मिनेटमा रोहित चन्दको हेडर प्रहार भने पोस्टको बारमा लागेर बाहिरिएको थियो। ८३ औं मिनेटमा मनीष डाँगीको लङ रेन्ज इफोर्ट पनि पोस्टबाहिर गएको थियो।

भारतका लागि इन्जुरी समयमा साहल अब्दुल समदले गोल गरेर भारतको अग्रता बढाए। उनको गोलसँगै नेपाल ३–० गोलले पछि पर्‍यो  र नेपाल फाइनलमा पराजित भयो।

फाइनलमा नेपालले भारतको पोस्टतर्फ छ प्रहार गरेको थियो। तीमध्ये कुनै प्रहार सफल भएनन्। टेक्निकल एरियामा बस्न नपाएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेलपछि मैदानमा ओर्लिएका थिए। उनले यसअघि दुई खेलमा यल्लो कार्ड पाएपछि फाइनलमा डगआउट बस्नबाट वञ्चित भएका थिए।

भारतीय प्रशिक्षक इगोर स्टिमेचले पनि पछिल्लो खेलमा रातो कार्ड पाएका थिए। उनले पनि खेल सकिएपछि मैदानमा आएर समर्थकसँग खुसियाली साटेका थिए।

भारतले यसअघि सात पटक साफको उपाधि जितेको छ। भारतबाहेक माल्दिभ्सले २ पटक, बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान एक पटक जितेका छन्। अफगानिस्तान सन् २०१५ पछि साफ च्याम्पियनसिपबाट बाहिरिसकेको छ। नेपाल, पाकिस्तान र भुटानले भने अहिले सम्म साफ च्याम्पियनसिप जितेको छैन। 

नेपालले यसपटकको साफमा खेलेको पाँचमध्ये २ खेलमा जित हात पारेको छ भने एक खेल बराबरीमा रोकिएको थियो। यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो। लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो। उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो। 

प्रकाशित: Oct 16, 2021| 22:38 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।