सोमबार, असार २२, २०८३

दोस्रो हाफको सुरुमै भारतलाई २–० को अग्रता

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २–० को अग्रता लिएको छ।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

काठमाडौं– साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २–० को अग्रता लिएको छ। गोलरहित रहेको पहिलो हाफपछि भारतले दोस्रो हाफको सुरुमै लगातार २ गोल गरेको हो।

४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाएका थिए। उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए। लगत्तै सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारेका छन्। 

त्यसअघि साफ च्याम्पियनसिप २०२१ को फाइनलअन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी भएको छ। भारतले खेलको सुरुआतबाट बलमा पकड जमाउँदै नेपालमाथि दबाब बनाएको थियो। नेपालले पनि पटक पटक प्रयास गरे पनि गोल गर्ने अवसर सिर्जना गर्न सकेन।

२३ औं मिनेटमा अनिरुद्ध थापाको प्रहारलाई दिनेश राजवंशीले क्लियर गरिदिएका थिए। २७ औं मिनेटमा सुनिल क्षेत्रीले गरेको प्रहार भने किरणकुमार लिम्बूको हातमा पुगेर रोकिएको थियो। ३० औं मिनेटमा तेज तामाङले गरेको प्रहार भारतीय गोलकिपरले विफल पारिदिए। खेलको ३१ औं मिनेटमा अनिरुद्ध थापाले गरेको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो।  खेलमा भारतले तुलनात्मक रुपमा बढी आक्रमण गरेको छ। पानी परिरहेका कारण बल नियन्त्रणमा लिन कठिन भइरहेको छ।

खेलमा गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल छन्। मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा छन्।

प्रकाशित: Oct 16, 2021| 22:06 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।