काठमाडौं– साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्।
डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्। मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिनेछन्। सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा आक्रमणमा उत्रनेछन्।