काठमाडौं– दुई टिमको इतिहास हेर्दा नेपाल र इन्डिया २२ पटक आमनेसामने भएका छन्। जसमा नेपालले इन्डियालाई दुई पटक हराएको छ भने पाँच खेल बराबरीमा रोकिएका छन्। ती बाहेकका १५ खेल ब्लुज टाइगर्स अर्थात इन्डियाको पोल्टामा परेको छ।
नेपाल र इन्डियाबीच पहिलो आधिकारिक खेल ३६ वर्षअघि भएको थियो।
मिति, नतिजा र प्रतियोगिता
२०/१२/१९८५ इन्डिया ०-० नेपाल साग गेम्स
२१/१२/१९८५ इन्डिया २-० नेपाल साग गेम्स
३१/११/१९८७ इन्डिया १-० नेपाल साग गेम्स
२६/१०/१९८९ इन्डिया २-१ नेपाल साग गेम्स
२१/७/१९९३ इन्डिया १-० नेपाल साफ च्याम्पियनसिप
२१/७/१९९३ इन्डिया १-० नेपाल साफ च्याम्पियनशिप
१८/१२/१९९३ इन्डिया २-२ नेपाल साफ गेम्स
२२/१२/१९९३ नेपाल २-२ इन्डिया साफ गेम्स
५/१२/१९९८ नेपाल ०-१ इन्डिया एसियाली खेलकुद
३०/९/१९९९ नेपाल ०-४ इन्डिया साफ गेम्स
८/१२/२००५ इन्डिया २-१ नेपाल साफ च्याम्पियनशिप
३/६/२००८ इन्डिया ४-० नेपाल साफ च्याम्पियनशिप
७/१२/२००९ इन्डिया १-० नेपाल साफ च्याम्पियनशिप
२८(८(२०१२ इन्डिया ०(० नेपाल मैत्रीपूर्ण
५/९/२०१३ नेपाल २-१ साफ च्याम्पियनशिप
१९/११/२०१३ इन्डिया २-० नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
१२/३/२०१५ इन्डिया २-० नेपाल विश्वकप छनोट
१७/३/२०१५ नेपाल ०-० इन्डिया विश्वकप छनोट
२७/१२/२०१५ इन्डिया ४-१ नेपाल साफ च्याम्पियनशिप
७/६/२०१७ इन्डिया २-० नेपाल मैत्रीपूर्ण
२/९/२०२१ नेपाल १-१ इन्डिया मैत्रीपुर्ण
५/९/२०२१ नेपाल १-२ इन्डिया मैत्रीपुर्ण
१०/१०/२०२१ नेपाल ०-१ इन्डिया साफ च्याम्पियनसिप
१६/१०/२०२१ (आज) साफ च्याम्पियनसिप फाइनल
यसबाहेक नेपालले २००६ को अप्रिल ९ मा चिटगाउँमा पनि एकपटक एएफसी च्यालेन्ज कप खेलेको थियो। तर त्यो खेलमा इन्डियाका पहिलो रोजाइका खेलाडी थिएनन्। उमेर समूहका खेलाडी रहेका थिए।
उक्त खेलमा नेपालले ३(० गोलको जित निकालेको थियो। तर, त्यसलाई आधिकारिक खेल मानिएको छैन।