काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले फाइनलका लागि आफूलाई प्रतिबन्ध गरेर अन्याय गरेको बताएका छन्।
साफले फाइनल खेलका लागि प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले पत्रकार सम्मेलनमार्फत आफ्नो असन्तुष्टि जनाएका हुन्। ‘साफले अन्याय गरेको छ। यो मलाई व्यक्तिगत रिसइवी साँध्न साफले कारबाही गरेको भन्ने लाग्छ। यो कारबही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो, नेपाली फुटबलमाथि कारबाही भएको हो,’ उनले भने ।
आफूलाई कारबाही गरेर एकपक्षीय निर्णय गरेको भन्दै उनले दुःख व्यक्त गरे। ‘मलाई निकै दुःख लागेको छ।मलाई किन यस्तो व्यवहार गरिएको छ बुझ्न सकेको छैन,’ उनले भने।
प्रशिक्षक अलमुताइरीले साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास) मा समेत जाने बताए। ‘यो सही भएन। एक प्रशिक्षकको आफ्नो टोलीका लागि मुख्य खेल खेलाउने सपना चकनाचुर भयो। म व्यक्तिगत रुपमा मन परेन भनेर यसो गर्नु सही भएन। या त भारतका प्रशिक्षक उपस्थित नहुने भएकाले मलाई पनि कारबाही गरिएको हो,’ उनले भनेका छन्।
साफले नियम मान्नुपर्छ। मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ। खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन। यदि साफ चाहन्छ भने सीधै भारतलाई उपाधि दिए भयो। भारतका प्रशिक्षक रातो कार्ड पाएर रिसाए भनेर हामीलाई कारबाही गर्नु ठिक भएन,’
उनले आफ्नै नमान्ने साफबाट फुटबलको विकासमा केही अपेक्षा गर्न नसकिने पनि बताए। ‘साफले नियम मान्नुपर्छ। मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ। खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन। यदि साफ चाहन्छ भने सीधै भारतलाई उपाधि दिए भयो। भारतका प्रशिक्षक रातो कार्ड पाएर रिसाए भनेर हामीलाई कारबाही गर्नु ठिक भएन,’ उनले भने।
अलमुताइरीले आफू मैदानभित्र नभए पनि टोलीले उपाधिका लागि खेल्ने बताए। ‘म त्यहाँ भए पनि नभए पनि टोलीले उपाधिका लागि खेल्नेछ’, उनले भने। एन्फाले यसबारे एएफसी र साफसँग छलफल गर्ने प्रयास गरिरहेको पनि बताएको छ।
साफ प्रतियोगिता नियमावलीअनुसार फरक खेलमा पहेंलो कार्ड पाएमाा खेलाडीलाई मात्र प्रतिबन्ध लाग्ने उल्लेख छ। खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ। तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएका कारण देखाउँदै प्रतिबन्ध हुने पत्राचार गरेको हो।
एन्फाले भने प्रतियोगिता नियमावली अनुसार अलमुताइरीमाथि प्रतिबन्ध लगाउन नपाउने जनाएको छ। साफको पत्राचारकै कारण अलमुताइरी शुक्रबार फाइनलअघि भएको पत्रकार सम्मेलनमा अनुपस्थित रहे। भर्चुअल रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक किरण श्रेष्ठले जवाफ दिएका थिए।