सोमबार, असार २२, २०८३

घरेलु मैदानमा पीएसजीको सहज जित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले जित निकालेको छ।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

काठमाडौं- फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले जित निकालेको छ।

पीएसजीको मैदानमा उसले पाहुना टोली एन्जर्सविरुद्ध २-१ गोलको जित निकालेको हो। पीएसजीको जितका लागि ड्यानिएलो परेरा र केलियन एम्बाप्पेले गोल गरेका थिए।

यता खेलको ३६ औं मिनेटमा एन्जर्सका एन्जेले फुल्गिनीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा पीएसजी एक गोलले पछि पर्यो।

खेलको ६९ औं मिनेटमा परेराले गोल गरेर खेललाई बराबरी गरे पनि एम्बाप्पेले ८७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे यससँगै दोस्रो हाफमा पीएसजीले पुनरागमन जित निकाल्यो। 

त्यो गोलसँगै २-१ को अग्रता बनाएर पीएसजीले जित निकालेको हो। जितसँगै उसले १० खेलबाट २७ अंक बनाएको छ। पीएसजीले अहिलेसम्म एक खेलमा मात्र हार बेहोरेको छ। यता गएराति पराजित एन्जर्स भने १६ अंकका साथ चौथौ स्थानमा छ।

प्रकाशित: Oct 16, 2021| 07:07 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।