आइतबार, माघ ४, २०८२

साफ फाइनल आज : पावरहाउसबाट उपाधि खोस्ने दाउमा नेपाल

दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको फाइनल खेल आज शनिबार माल्दिभ्समा हुँदैछ। मालेस्थित त्यहाँको राष्ट्रिय रंगशालामा हुने खेलमा उपाधिका लागि नेपालले भारतको सामना गर्नेछ।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

काठमाडौं– दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको फाइनल खेल आज शनिबार माल्दिभ्समा हुँदैछ। मालेस्थित त्यहाँको राष्ट्रिय रंगशालामा हुने खेलमा उपाधिका लागि नेपालले भारतको सामना गर्नेछ।

National life

पछिल्लो लिगको खेलमा नेपालले भारतसँग १–० गोलको हार बोहोरेको थियो। त्यो खेलमा नेपालले रक्षात्मक खेलेको र हार बेहोरेपछि नेपाली टिमलाई आजको फाइनल खेलमा जित निकाल्नका लागि दबाब बढेको छ। र, त्यो हारको बदला लिने अवसर पनि।

विगतको नतिजा जस्तोसुकै भए पनि त्यो विर्सिएर खेल्ने सहायक प्रशिक्षक किरण श्रेष्ठ बताउँछन्। नेपाल र भारतबीचको फाइनल खेल आज राति पौने ९ बजे सुरु हुनेछ।

भारतसँग पछिल्लो पटक खेल्नुअघि नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हार पक्का रहेको बताएका थिए। तर खेलपछिको पत्रकार सम्मेलनमा भने, ‘अब हामी लिग चरणमा इन्डियासँग हारेर फाइनलमा उसलाई हराउन चाहन्छौं। यो हारभन्दा त्यो जित निकै विशेष छ।’ त्यसपछि नेपालले बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको थियो।

यो प्रतियोगिता भारतका लागि भन्दा पनि नेपालका लागि धेरै महत्वपूर्ण छ। त्यो किनभने भारत १२ औं पटक प्रतियोगिताको फाइनल पुग्दा नेपाल पहिलो पटक फाइनल पुगेको छ।

Laxmi sunrise bank
kumari

यता नेपाली टिमलाई फाइनलसम्म पुर्याएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेपाली टिमसँगको यो खेल नै अन्तिम खेल हुनेछ। यसकारण नेपाली टिम प्रशिक्षक अलमुताइरीलाई उपाधिको उपहार दिन चाहन्छ।

दक्षिण एसियाको पावरहाउसको रुपमा रहेको इन्डियाले सात पटक उपाधि जितिसकेको छ। यता पहिलो पटक फाइनलमा पुगेको नेपालसँग उसले केही सहज महसुस गर्नेछ। किनभने नेपाल र भारतको विगतको नतिजाले पनि इन्डियालाई धेरै दबाब दिँदैन। जारी साफको समूह चरणको खेलमा पनि इन्डियाले नेपाललाई  दबाबमा राख्दै हराएको थियो।

अहिलेसम्म नेपाल र भारतले २२ पटक खेलेका छन्। जसमा नेपालले दुई पटक जित निकालेको छ भने पाँच खेल बराबरी भएका छन्। त्यसबाहेकका १५ खेलमा इन्डियाले जित निकालेको छ।
त्यसअघि नेपाल र भारतको दुई मैत्रीपूर्ण खेलमध्ये एक खेल १–१ गोलको बराबरी भएको थियो भने अर्को खेलमा नेपालले हार बेहोरेको थियो।

अहिलेसम्म नेपाल र भारतले २२ पटक खेलेका छन्। जसमा नेपालले दुई पटक जित निकालेको छ भने पाँच खेल बराबरी भएका छन्। त्यसबाहेकका १५ खेलमा इन्डियाले जित निकालेको छ।

नेपाल र इन्डियाले पहिलो खेल सन् १९८५ मा खेलेका थिए। त्यसयता उनीहरुले २२ पटक खेलेका हुन्। पछिल्लो दुई महिनामा मात्र नेपाल र भारत चौथो पटक भिड्न लागेका हुन्।

भारतका सहायक प्रशिक्षक सन्मुघम वेंकटेस इतिहासलाई विर्सिएर प्रतियोगिता खेल्ने बताउँछन्। उनी भन्छन्, ‘चिनेको प्रतिद्वन्दी हुनु इन्डियन टिमका लागि अतिरिक्त प्रेरणा हो। यद्यपि हामी हाम्रो प्रतिद्वन्दीलाई धेरै आदर गर्छौं। विगत जस्तोसुकै भए पनि भोलि एक नयाँ खेल हुनेछ। हामी हाम्रो टिमका लागि केन्द्रित रहनेछौं।’

आजको खेलमा भारतका मुख्य प्रशिक्षक इगोल इस्टिमच खेल मैदानमा उपस्थित हुनेछैनन्। उनले  पछिल्लो खेलमा रातो कार्ड पाएपछि उनी खेलपछिको पत्रकार सम्मेलनमा पनि उपस्थित भएनन्।

त्यस्तै, भारतका महत्वपूर्ण खेलाडी सुबासिस बोसले पनि पछिल्लो खेलमा रातो कार्ड पाएका थिए। आजको खेलमा उनी पनि हुने छैनन्।

जारी साफमा नेपालको तर्फबाट दुई गोल गरेका अञ्जन विष्टले प्रतियोगितामा दुई यल्लो कार्ड पाएका छन्। त्यसको सजायवापत उनले पनि आजको खेलमा नेपाली टिमबाट खेल्न पाउने छैनन्।

विष्टको अभाव आज फरवार्ड लाइनमा खड्किन सक्नेछ। तर, नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई नवयुग श्रेष्ठ, मनिष डाँगी, आशिष लामाजस्ता उत्कृष्ट स्ट्राइकरको अभाव हुनेछैन।

यता, युवा विंगर आयुष घलान पनि आजको खेलमा लागि फिट छन्। तर, बंगलादेशसँगको खेलअघि अभ्यासमा घाइते भएका पुजन उपरकोटी खेल्ने वा नखेल्नेबारे आजको लाइनअप कुर्नुपर्ने प्रशिक्षक किरण श्रेष्ठ बताउँछन्। यसबाहेक नेपाली खेलाडीमा अहिले कुनै चोटको समस्या छैन।

जारी साफ च्याम्पियनसिपमा नेपालले पाँच गोल गरेको छ भने चार गोलको सामना गरेको छ।

प्रकाशित: Oct 16, 2021| 07:30 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।