सोमबार, असार २२, २०८३

चेन्नई सुपर किंग्सलाई चौथो पटक आईपीएल उपाधि

इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ। यूएईमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले चौथो पटक उपाधि जितेको हो। च्याम्पियन चेन्नईले १० करोड भारु र उपविजेता कोलकताले ६ करोड २५ लाख भारु पुरस्कार पाएका छन् ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर फिल्डिङ रोजेको कोलकाताले १९३ रनको लक्ष्य पाएको थियो। कोलकाताले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १६५ रन जोडेको थियो।

सुरुआती ब्याटिङका लागि निस्किएको चेन्नईले निर्धारित पूरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १९२ रन बनाएको थियो। चेन्नईका लागि ओपनर फाफ डुप्लेसिसले सर्वाधिक ८६ रनको अर्धशतकीय पारी खेले। उनले ५९ बलमा सात चौका र तीन छक्कासहित सो रन जोडेका थिए। अर्का ओपनर रितुराज गायक्बडले ३२ रन बनाए। त्यस्तै, रोबिन उथप्पाले ३१ रन बनाए भने मोइन अलीले ३७ रन बनाएका थिए। 

चेन्नईले यसअघि २०१०, २०११ र २०१८ मा उपाधि जितेको थियो। चेन्नईले २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो । २०११ मा चेन्नईले बेंगलोरलाई ५८ रनले पराजित गर्दै लगातार उपाधि जितेको थियो । २०१८ मा हैदराबादलाई ८ विकेटले पराजित गर्दै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो ।

कोलकत्ताले सन् २०१४ मा आईपीएलको उपाधि जितेको थियो। 

प्रकाशित: Oct 15, 2021| 23:51 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।