आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएल फाइनल : चेन्नई सुपर किंग्सले कोलकातालाई दियो १९३ रनको लक्ष्य

आईपीएल फाइनल : चेन्नई सुपर किंग्सले कोलकातालाई दियो १९३ रनको लक्ष्य

यूएईमा भइरहेको खेलमा उपाधिका लागि कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गरिरहेका छन्।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार पहिलो इनिङ सकिएको छ। यूएईमा भइरहेको खेलमा उपाधिका लागि कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गरिरहेका छन्। दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर फिल्डिङ रोजेको कोलकाताले १९३ रनको लक्ष्य पाएको छ। सुरुआती ब्याटिङका लागि निस्किएको चेन्नईले निर्धारित पूरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १९२ रन बनाएको हो।

National life

चेन्नईका लागि ओपनर फाफ डुप्लेसिसले सर्वाधिक ८६ रनको अर्धशतकीय पारी खेले। उनले ५९ बलमा सात चौका र तीन छक्कासहित सो रन जोडेका हुन्। अर्का ओपनर रितुराज गायक्बडले ३२ रन बनाए। त्यस्तै, रोबिन उथप्पाले ३१ रन बाए भने मोइन अलीले ३७ रन बनाए।

कोलकाताका लागि सुनिल नायरले दुई विकेट गिराए भने शिवम् मावीले एक विकेट लिए। डुप्लेसिस अन्तिम बलमा क्याचआउट भएका थिए।

चेन्नईले तीन पटक आईपीएलको उपाधि जितेको छ भने कोलकताले एक पटक उपाधि जितेको छ। साविक विजेता मुम्बई इन्डियन्स भने समूह चरणबाटै बाहिरिएको थियो।

प्रकाशित: Oct 15, 2021| 21:44 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।