काठमाडौं– साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपालले शनिबार भारतको सामना गर्नेछ। मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा छिमेकी प्रतिद्वन्दी जितको लक्ष्यका साथ मैदान उत्रनेछन्। प्रतियोगिता भारतका लागि भन्दा पनि नेपालका लागि धेरै महत्त्वपूर्ण छ। भारत १२ औं पटक प्रतियोगिताको फाइनल पुग्दा नेपाल पहिलो पटक फाइनल पुगेको हो।
नेपाली टिमलाई फाइनलसम्म पुर्याएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेपाली टिमसँगको यो खेल नै अन्तिम हुनेछ। यसकारण नेपाली टिम प्रशिक्षक अलमुताइरीलाई उपाधिको उपहार दिन चाहन्छ। अलमुताइरी पनि नेपाललाई पहिलो उपाधि दिलाएर नेपालबाट बिदा हुन चाहन्छन्। खेलअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा त उनी आएनन्। तर, पछिल्लो पटक नेपालले बंगलादेशसँग बराबरी खेलेपछि उनले नेपाली टिमले फाइनलमा उत्कृष्ट फाइट गर्ने बताएका थिए।
शुक्रबार सम्पन्न प्रिम्याच फ्रेस कन्फरेन्समा सहायक प्रशिक्षक किरण श्रेष्ठले भने नेपालले नतिजाका लागि खेल्ने बताएका छन्। पछिल्लो खेलमा नेपालले भारतसँग रक्षात्मक रुपमा खेलेको थियो। अब पाइनलमा नेपालले कसरी खेल्छ भन्ने प्रश्नमा प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘हामी फाइनलमा रिजल्टकै लागि खेल्ने हो। पहिला जति पनि खेलेका थियौं त्यो विगत हो। अब नतिजाको लागि खेल्नेछौं। त्यहाँ गरेको गल्ती सुधार गरेर हामीले खेल्ने हो।’
‘नेपालका लागि बिग म्याच हो। त्यो खेल सजिलो हुने छैन। तर हामी तयार छौं। हामी पूरै खेलमा केन्द्रित छौं,’ सहायक प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘हामी ठूलो संकल्पका साथ रिजल्टका लागि खेल्नेछौं। भारतसँग खेल्दा पहिले भएका गल्ती सच्याएर सुधारिएको खेल खेल्नेछौं।’
नेपालले अब डिफेन्स गर्ने ठाउँमा उत्कृष्ट ढंगले डिफेन्स गर्ने र अट्याक गर्नुपर्ने ठाउँमा राम्रोसँग गर्ने रणनीतिले खेल्ने उनी बताउँछन्ं। यद्यपि भारत बलियो टिम भएकाले नेपालका लागि त्यति सजिलो छैन। ‘नेपालका लागि बिग म्याच हो। त्यो खेल सजिलो हुने छैन। तर हामी तयार छौं। हामी पूरै खेलमा केन्द्रित छौं,’ सहायक प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘हामी ठूलो संकल्पका साथ रिजल्टका लागि खेल्नेछौं। भारतसँग खेल्दा पहिले भएका गल्ती सच्याएर सुधारिएको खेल खेल्नेछौं।’
भारतका सहायक प्रशिक्षक सन्मुघम वेंकटेस इतिहास बिर्सिएर प्रतियोगिता खेल्ने बताउँछन्। उनी भन्छन्, ‘चिनेको प्रतिद्वन्दी हुनु भारतीय टिमका लागि अतिरिक्त प्रेरणा हो। यद्यपि हामी हाम्रो प्रतिद्वन्दीलाई धेरै आदर गर्दछौं। विगत जस्तोसुकै भए पनि भोलि एक नयाँ खेल हुनेछ। हामी हाम्रो टिमका लागि केन्द्रित रहनेछौं।’
साफ च्याम्पियनसिपमा भारतले पहिलो दुई खेलमा दुई अंक मात्र बटुल्न सकेको थियो। त्यसपछि भारतीय टिम निकै आलोचित भयो। पछिल्ला दुई खेल भारतका लागि निकै महत्त्वपूर्ण रह्यो।
भारतीय टिमका प्रशिक्षक वेंकटेस भन्छन्, ‘हामीले पहिलो दुई खेलमा भएका गल्ती पत्ता लगायौं र त्यसलाई सुधार गरेका छौं। पछिल्लो दुई खेलमा हामीले राम्रो गर्न सक्यौं।’
भारतीय टिमका प्रशिक्षक वेंकटेस भन्छन्, ‘हामीले पहिलो दुई खेलमा भएका गल्ती पत्ता लगायौं र त्यसलाई सुधार गरेका छौं। पछिल्लो दुई खेलमा हामीले राम्रो गर्न सक्यौं।’ पछिल्लो दुई खेलमा हार बेहोरेपछि उनले टिमको ‘मोरल डाउन’ भएको पनि बताएका छन्। त्यसपछि भारतीय टिमलाई फर्ममा आउन निकै सकस परेको थियो। त्यतिबेला भारतीय टिमलाई ‘खेलमा राम्रो गर्न सकको भए नतिजा उत्साहजनक हुन्थ्यो होला’ भन्ने लागेको थियो। तर विगतको नतिजालाई बिर्सने गरी भारतले पछिल्ला दुई खेलमा प्रतिस्पर्धा गर्यो ।
-1634312470.jpg?p=480X320&s=1f3e36b900c35691c3108dae61211f38)
भारतीय टिमका सुनिल क्षेत्रीले अहिले ७९ अन्तर्राष्ट्रिय गोल गरेका छन्। भारतीय टिमका निकै महत्वपूर्ण सदस्य क्षेत्री अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीभन्दा एक गोलले पछि छन्।
‘सुनिल हुनुले टिममा उत्साह थपिन्छ। टोलीलाई गाइड गर्ने मान्छेको अभाव हुँदैन। तर, यो टिममा सबै खेलाडी महत्त्वपूर्ण छन्,’ उनले भने, ‘पछिल्लो दुई खेलमा टिम स्पिरिटले काम गरेको छ। म शनिबार हुने फाइनल खेलमा पनि त्यही चाहन्छु।’
नेपालका महत्त्वपूर्ण खेलाडी पुजन उपकोटी बंगलादेशविरुद्धको खेलअघिको अभ्यासका क्रममा घाइते भएका थिए। त्यसबारे प्रशिक्षक किरण श्रेष्ठ भन्छन्, ‘पुजन उपरकोटीको चोटबारे अहिले केही थाहा भइसकेको छैन्। खेल्ने न खेल्ने भन्ने कुरा भोलि नै थाहा हुन्छ।’
खेलाडीले दसैं मनाउन पाएका छैनन्। यद्यपि उनीहरु दुःखी नभएको प्रशिक्षक राई बताउँछन्। उनी भन्छन्, ‘सबै खेलाडी खुसी छन्। कोही पनि ओभरकन्फिडेन्स छैन। सबै खेलका लागि केन्द्रित छन्। कसैले ओभररियाक्सन पनि गरेको छैन।’