काठमाडौं– इन्डियन प्रिमियर लिग आईपीएलको फाइनल सुरु भएको छ। यूएईमा भइरहको खेलमा उपाधिका लागि कोलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्। दुबई अन्तर्राष्ट्रिय रंगशालामा कोलकत्ता नाइट राइडर्सले टस जितेर फिल्डिङ रोजेको छ। सुरुआती ब्याटिङका लागि चेन्नई निस्किएको छ।
चेन्नईले तीन पटक आईपीएलको उपाधि जितेको छ भने कोलकाताले एक पटक उपाधि जितेको छ। साविक विजेता मुम्बई इन्डियन्स भने समूह चरणबाटै बाहिरिएको थियो।