सोमबार, असार २२, २०८३

नेयमार र राफिन्हा चम्किँदा ब्राजिलको सानदार जित

विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले उरुग्वेमाथि सानदार जित निकालको छ।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

काठमाडौं- विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले उरुग्वेमाथि सानदार जित निकालको छ।

ब्राजिलको अमाजोनिया एरिना रंगशालामा भर्खरै सम्पन्न खेलमा घरेलु टिम ब्राजिलले पाहुना टिम उरुग्वेमाथि ४–१ गोलअन्तरको सानदार जित निकालेको हो।

ब्रजिलका लागि नेयमार र राफिन्हाले गोल गरेका थिए। खेलको १० औं मिनेटमै गोल गरेर नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसको ८ मिनेटपछि नै राफिन्हाले गोल गरेर अग्रतालाई दोब्बर बनाए। यससँगै पहिलो हाफमा ब्राजिल २–० गोलले अघि रह्यो।

दोस्रो हाफमा ब्राजिलले दुई गोल थप्यो भने उरुग्वेले एक गोल फर्कायो। राफिन्हाले ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालार्ई ३–० मा पुर्याएका थिए।

तर, ७७ औं मिनेटमा उरुग्वेका फरवार्ड लुइस सुआरेजले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए। खेल अवधिभर ४४ प्रतिसत समय मात्र बलमा नियन्त्रण बनाएको उरुग्वेले अरु गोल गर्न सकेन्।

बरु ब्राजिलका ग्याब्रियल बार्बोसाले ८३ औं मिनेटमा गोल गर्दै जितलाई ४–१ सम्म पुर्याए। यससँगै ब्राजिल अहिलेसम्म अपराजित छ। ब्रजिल ११ खेलमा अपराजित रहँदै ३१ अंक बनाएको छ।

उसले अघिल्लो खेलमा कोलम्बियासँग गोलरहित बराबरी खेलेपछि ३३ अंकमा दुई अंक गुमाएको हो। यता पराजित उरुग्वेको भने १६ अंक छ। ऊ तालिकाको पाँचौ स्थानमा छ।

प्रकाशित: Oct 15, 2021| 09:00 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।