सोमबार, असार २२, २०८३

विश्वकप छनोटमा पेरुविरुद्ध अर्जेन्टिनाको जित

अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

काठमाडौं– अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ। अर्जेन्टिनाको घरेलु मैदानमा शुक्रबार विहान सम्पन्न खेलमा घरेलु टोलीले पाहुना टिम पोरुलाई १–० गोलअन्तरले हराएको हो।

अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले खेलको ४३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। मार्टिनेजको गोलसँगै अर्जेन्टिनाले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा दुवै टिमबाट गोल हुन नसक्दा अर्जेन्टिनाले जित निकालेको हो। सुरुआति रोजाइमा लियोनेल मेस्सीसहित मैदान उत्रिएको टिमले खेल अवधिभर ६८ प्रतिसत समय बलमा नियन्त्रण बनाउँदै जित निकालेको हो।

खेलका दौरान अर्जेन्टिनाले विपक्षीको पोस्टतर्फ ७ प्रहार गरेको थियो भने पेरुले चार प्रहार गरेको थियो। पेरुका कुनै प्रहारले नेटको जाली चुम्न सकेन। यो जितसँगै ११ खेलबाट २५ अंक बनाएको अर्जेन्टिना छनोटको दोस्रो स्थानमा छ। पेरु भने ११ अंकका साथ नवौं स्थानमा छ।

प्रकाशित: Oct 15, 2021| 07:29 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।