सोमबार, असार २२, २०८३

दसैं तिहारको अवसरमा च्यास्मीटारमा भलिबल प्रतियोगिता

दसैँ तथा तिहारको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

खोटाङ- दसैँ तथा तिहारको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ।

नेपाली कांग्रेसका युवा नेता एवं सर्वज्ञ रियल स्टेटका सीईओ उपेन्द्र घिमिरेको प्रायोजनमा कांग्रेस हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यसमितिले भलिबल प्रतियोगिता आयोजना गरेको हो।

च्यास्मीटार माविको प्रांगणमा २५-२७ असोजसम्म आयोजना गरिएको टोलस्तरीय पुरुष भलिबल प्रतियोगितामा च्यास्मीटार हुन्डाखा (बी) प्रथम, सार्पा दोस्रो, तल्लो छोर्दिपा तेस्रो र बाङमा (ए) शान्त्वना भएको आयोजक कांग्रेस हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यसमितिका सभापति महेश अधिकारीले बताए। 

विजेता समूहलाई क्रमशः १५ हजार १५, १३ हजार १३, १० हजार १० र ५ हजार ५ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि गैरा जोरसिमलका ज्योती राई, बेष्ट स्पाइकरको उपाधि हुन्डाखाका दिनेश राउत र बेष्ट लिफ्टरको उपाधि सार्पाका जापान राईले जितेका छन्। प्रोत्साहित खेलाडीको उपाधि हुन्डाखाका केदार अधिकारीलाई प्रदान गरिएको आयोजकले जनाएको छ। उनीहरुलाई मेडलका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ। 

विजेता टिम तथा खेलाडीलाई सर्वज्ञ रियल स्टेटका सिईओ घिमिरे, घिमिरे पत्नी रुकमणी मगर घिमिरे, कांग्रेस वडा कार्यसमितिका सभापति अधिकारी, अध्यापक एवं शिक्षासेवी शैलेसकिरण चाम्लिङलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए। प्रतियोगितामा वडाका १८ टिमको सहभागिता रहेको थियो। 

कार्यक्रममा कांग्रेस युवा नेता घिमिरेले साविक ९ वडालाई एक/एक थान भलिबल प्रदान गरेका छन्। च्यास्मीटारमा दशैं तथा तिहारको अवशरमा हरेक वर्ष भलिबल प्रतियोगीता सञ्चालन गर्ने गरिएको छ।    -न्युज कारखाना 

प्रकाशित: Oct 14, 2021| 07:36 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।