सोमबार, असार २२, २०८३

आईपीएल फाइनलमा चेन्नईले कोलकत्तासँग भिड्ने पक्का

दिल्ली क्यापिटललाई हराउँदै कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमयर लिगका आईपीएलको फाइनलमा पुगेको छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

काठमाडौं- दिल्ली क्यापिटललाई हराउँदै कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमयर लिगका आईपीएलको फाइनलमा पुगेको छ। बुधबार राति सारजाह रंगशालामा भएको दोस्रो क्वालिफायरमा कोलकत्ताले दिल्लीलाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।

अब फाइनल खेलमा चेन्नई सुपर किंग्सले कोलकत्ताको सामना गर्नेछ। दिल्ली क्यापिटललाई नै हराएर पहिलो क्वालिफायरबाट चेन्नई फाइनलमा पुगेको थियो।

यता इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएर दोस्रो क्वालिफयरमा पुगेको कोलकत्ताले त्यहाँ दिल्लीलाई नै हराएर फाइनल पुग्यो। कोलकत्तासँग पराजित भएपछि दिल्लीको लगातार दोस्रो वर्ष फाइनल पुग्ने सपना भने अधुरै रहेको छ।

सारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले पुरा ओभर खेल्दै ५ विकेटको क्षतिमा १३५ रन बनाएको थियो। दिल्लीका लागि शिखर धवनले ३६, श्रेयस अयरले ३० रन बनाए भने पृथ्वी शर मार्कस स्टोइनिसले समान १८,१८ रन बनाए।

बलिङतर्फ कोलकत्ताका वरुण चक्रवर्तिले दुई विकेट लिए भने लकी फग्र्युसन र शिवम मावीले एक विकेट लिए। १३६ रनको लक्ष्यका साथ मैदान पसेको कोलकत्ताले एक बल बाँकी रहँदै सात विकेट गुमाएर लक्ष्य पुरा गर्यो। कोलकत्ताका दिनेश कार्तिक, कप्तान इयोन मोर्गन, सुनिल नायर र शकिब अल हशन शून्य रनमा आउट भए।

ओपनिङमा आएका सुभमन गिलले ४६ रन बनाए भने वेंकटेस अयरले ५५ रनको अर्धसतकिय पारी खेले। दिल्लीका एनरिच नोर्किया, कागिसो रबाडा र रविचन्द्र अश्विनले समान २,२ विकेट लिए। अभेष खानको खातामा एक विकेट जोडियो।

खेलको अन्तिममा कोलकत्तालाई १३ बलमा २५ रन चाहिएको थियो। त्यतिबेला उसले सातौं विकेट गुमायो। त्यसबीचको तीन ओभर पाँच बलमा कोलकत्ताले ६ विकेट गुमाइएको थियो।

त्यसक्रममा उसले ७ रन मात्र जोड्न सक्यो। मैदानमा थिए रविचन्द्र अश्विन र राहुल त्रिपति। अन्तिममा कोलकत्तालाई अन्तिम दुई बलमा ६ रन चाहिएको थियो। त्यो दौरानमा त्रिपतिले १० बलबाट छक्का हिर्काउँदै कोलकत्तालाई जित दिलाए।

प्रकाशित: Oct 14, 2021| 07:09 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।